0
निजगढसमाचार, निजगढ, १८ चैत्र ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य रबिराज दंगालले स्थानीय तहको २२ वटा अधिकार माओवादी आन्दोलनले उठाएका एजेन्डा भएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) निजगढ नगरपालिका वडा न.१३ को प्रथम वडा एकता भेलालाई सम्बोधन गर्दै नेता दंगालले माओवादी आन्दोलनले उठाएका एजेन्डा नयाँ संविधानमाफर्त लिपिबद्व भएको बताउँदै अब कार्यन्वयन गर्ने जिम्मा पनि माओवादीकै रहेको दाबी गरे ।
भकार्यक्रममा बरिष्ठ चलचित्रकर्मी एवं राखेपका पूर्व सदस्य सचिव युवराज लामाले स्थानिय तहमा प्राप्त गर्न सकिने २२ वटा अधिकारको बारेमा जनताको घर–घरमा पुगेर बुझाउन आवश्यक रहेको बताए । पार्टीका नगर संयोजक बेनीबहादुर मोक्तानले सङ्गियता, गणतन्त्र, समानुपातिक र समावेशी र संविधान विरोधी पुरान संसदवादी शक्तिको विरुद्ध एक हुँदै माओवादी केन्द्रलाई एक नम्बरको पार्टी बनाउन निर्देशन दिनुभयो । उहाँले अहिले सम्म झुट र भ्रमको खेती गर्दै टोलटोलमा पुगेका एमाले–काग्रेस लगाएतका दलहरुको चलाखीलाई तोड्दै अहिले प्राप्त २२ वटा अधिकारको हकदार माओवादीमात्र हो भन्नी बुझाउन आवश्यक भएको बताउँदै १५ दिन घरदैलो अभियान सन्चालन गर्ने निर्णय सहित ७ वटा टोल कमिटी गठन गर्ने निर्णय भएको जानकारी दिए ।
पार्टीका स्थानीय नेता–कार्यकर्ताको भेलालले सोमलाल गोलेको अध्यक्षतामा २१ सदस्यिय वडा कमिटी गठन भएको हो । नव गठित कमिटिको उपाध्यक्षमा बिजयमान मोक्तान, सचिवमा प्रेम बहादुर मोक्तान, कोषाध्यक्षमा सपना ब्लोन रहेका छन् । त्यस्तै कमिटिको सदस्यहरुमा बिषात बल, प्रेम बहादुर थिङ्ग, सन्देश स्याङ्गतान, दुर्गा बहादुर वाईवा, रामबहादुर थिङ्ग, रमेश लामा, सागर लामा, जीवन थिङ्ग, जीवन बिक, दिपेश बल, रामबहादुर गोले, सुक्ले रुम्बा, सत्यदेवी गोले, फुल बहादुर गोले, सुर्य गोले, बलबहादुर मोक्तान र ईन्दिप लामा रहेका छन् ।


Post a Comment

 
Top