0
निजगढ समाचार, निजगढ, १९ साउन
निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल क्षेत्रको चारकिल्ला प्रमाणित र सिमाङ्कन कार्य सकिएको छ । विमानस्थल निर्माणको पहिलो चरण कार्य अन्तरगत नेपाल नागरिक उड्डयान प्राधिकरणबाट खटेको टोलीले प्रस्तावित क्षेत्रमा डिमार्केशन पिलर सहित हिजो सिमाङ्कन र चारकिल्ला छुट्याउने काम सकिएको हो ।
     विमानस्थल क्षेत्रको उत्तरमा पर्ने पुर्वपश्चिम राजमार्गको पसाहा नदीबाट ६ किमी दक्षिण हरैया गाविस १ मा रहेको कोअडिनेशन पिलर २९९७७८ ‘एन’ र ६०६०३३ ‘इ’ बाट पुर्र्व हरैया, करैया गाविसको जंगल हुदै कोल्हवी र निजगढ नगरपालिकाको सिमाना बकैया नदी किनाराको २९९९९१९ ‘एन’ र ६२०००० ‘इ’ सम्म ५०÷५० मिटरको दुरीमा १ सय ५३ पिलर राख्ने कार्य सम्पन्न गरेकोे आयोजना फिल्ड कार्यालय सिमराका अधिकृत इन्जिनियर शम्भुकुमार मण्डलले जानकारी दिए ।
    पुर्व र पश्चिममा नदी र उत्तरी सिमानामा राजमार्ग परेकाले अन्य दिशामा डिमार्केशन पिलर गर्न जरुरी नभएको पनि इन्जिनियर मण्डलले बताए ।
     सिमाङ्कन सकिएसंगै अब जमिन अधिग्रहणको प्रकृया सुरु गरिने थालिने इन्जिनियर मण्डलले बताए । जग्गा प्राप्तिपछि अर्को चरणमा निर्माण कार्य थालिने हुने समेत उनले बताए । कार्यालयले दोस्रो अन्तराष्ट्रिय विमानस्थल क्षेत्रभित्र पर्ने निजी, सरकारी, वन र अन्य प्रकृतिको जग्गाको विवरण छु्ट्याइ दिन संवन्धित विभागमा पत्राचार गरेपछि नापी कार्यालय बाराले केही दिन भित्रै नम्बरी जमिनको नापजाच गरेर छुट्टयाउने कार्य गर्ने तयारी भैरहेको पनि उनले जानकारी दिए । विमानस्थल क्षेत्रको करैया गविस ७ स्थित का“टगाउ“मा करिव १ सय ५० घरधुरी परिवारको बसोबास र ८० बिगाहा नम्बरी खेत पर्छ । त्यसैगरी १ हजार ५ सय परिवारको बसोबास रहेको गढिमाई नपा १६ को टा“गियाबस्ती र ४५ सुकुम्बासी परिवारको बसोबास रहेको हरैया गाविस ९ को मटियानी भने वन क्षेत्रमा पर्छ । नम्बरी र वन दुबै क्षेत्रका बासिन्दालाई मुअब्जा सहित स्थानान्तरण गर्ने आयोजनाको तयारी छ ।
    प्राधिकरणका इन्जिनियर ओकिलकुमार चिमोरियालाई मन्त्री परिषदको जेष्ठ १८ को बैठकले आयोजना निर्देशक तोकेपछि सिमरामा फिल्ड कार्यालय स्थापना गरेर टोलीले असारको पहिलो साताबाट सिमाङ्कन शुरु गरेको थियो ।

Post a Comment

 
Top