0
निजगढ समाचार, काठमाडौं,२० साउन
व्यवस्थापिका–संसद् अन्तर्गतको अर्थ समितिको  बैठकले काठमाडौँ–निजगढ द्रुतमार्गको आर्थिक, भौतिक, प्राविधिकलगायत विषय अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ ।
     समितिका सभापति प्रकाश ज्वालाको सभापतित्वमा भएको बुधबारको बैठकमा निजगढ विमानस्थल र काठमाडौं–तराई मधेस द्रुतमार्गको बजेट व्यवस्थापन सम्बन्धमा छलफल भएको थियो ।
  संविधानसभा व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावली ०७० अनुसार गठित अध्ययन उपसमितिमा कमला पन्त, केशव बडाल, गरिमा शाह, गोपाल दहित, जगदिश्वर नरसिंह केसी, विक्रम पाण्डे र शक्ति बस्नेत छन् ।
 उपसमितिले सदस्यमध्येबाट एकजनालाई संयोजक तोक्ने
छ । काम थालेको १५ दिनभित्र उपसमितिले सम्बन्धित विज्ञ, विशेषज्ञ र प्रावधिकसँग छलफल गरेर समितिसमक्ष प्रतिवेदन पेस गर्नुपर्नेछ ।

Post a Comment

 
Top