0
मन्त्रीले भने–आरक्ष विस्तारको विरोध नगर्नुस्
महेश्वर अधिकारी, निजगढ, २२ साउन
राजनीतिक दल सम्मेलित रतनपुर बचाऊ संघर्ष समितिको एक टोलीले आरक्ष विस्तार खारेज गर्न वन मन्त्री महेश आर्चायलाई ज्ञापन पत्र बुझाएका छन् ।
बाराको निजगढ नगरपालिकाको रतनपुरमा हालै विस्तार गरेको पर्सा बन्य जन्तु आरक्ष खारेजको माग राख्दै संघर्ष समितिका संयोजक विष्णु प्रसाद ढुंगाना नेतृत्वको टोली पुगेको थियो ।
ज्ञापन पत्र बुझ्दै मन्त्री आर्चायले आरक्ष विस्तार भएको रतनपुरमा विज्ञ सहितको टोली पठाउने बताएका छन् । जनस्तरमा छलफल नै नगरि आरक्ष विस्तार गरेको भन्दै असन्तुष्ट स्थानीयवासीसंग छलफल गर्न टोली पठाउने मन्त्री आर्चायले बताएका हुन् ।
‘आरक्ष विस्तारको विरोध नगर्नुस्,’ मन्त्री आर्चायले भने–हामी स्थानीयलाई सुविधा दिएर बस्तीलाई सुरक्षित बनाउने प्रतिवद्धता गर्छु’, मन्त्री आर्चायको भनाई उदृत गर्दै टोलीको नेतृत्व गरेका ढुंगानाले निजगढ समाचारलाई जानकारी दिए ।
स्थानीयको भावना अनुसार हामीले आरक्ष विस्तार खारेज नै गर्नुृ पर्ने माग राख्यौं, संयोजक ढुंगानाले भने–मन्त्री ज्यूले आरक्षको विरोध नगर्नुस् बरु बस्ती सुरक्षित बनाउन पहल गरौं भन्नु भयो ।
टोलीमा नेपाली कांग्रेस निजगढ नगर संयोजक शुरेश कुमार खनाल, नेकपा (एमाले) नगरकमिटि अध्यक्ष दिल बहादुर लामा, एकिकृत नेकपा माओवादी नगरकमिटि अध्यक्ष बेनी बहादुर मोक्तान, राप्रपा नेपाल नगर कमिटि संयोजक बासुदेव तिमल्सीना, उद्योग वाणिज्य संघ निजगढका अध्यक्ष शम्भु बहादुर बुढाथोकी संघर्ष समितिका धन बहादुर खुलाल, जोशीमाया बोम्जन लगायत सहभागि थिए ।
टोलीले भोली प्रधानमन्त्री शुसिल कोईरालालाई भेट्ने भएको छ ।
        आरक्ष विस्तार गर्दा स्थानीयवासीसंग छलफल नै नगरि विस्तार गरेको गुनासो बाकेर स्थानीय राजनीतिक दलका प्रतिनिधि सहित प्रधानमन्त्रीलाई भेट्न जान लागेको हो ।
आरक्षका जनाबरबाट बस्ती असुरक्षित हुने भन्दै आरक्ष खारेज गर्नुपर्ने स्थानीयको जनताको माग बोकेर स्थानीयको एक टोली हिजो गएको हो ।
 गत असारमा मन्त्रीपरिषद्को बैठकले आरक्ष विस्तार गर्ने निर्णय गरेसंगै स्थानीय त्रसित भएका छन् ।

Post a Comment

 
Top