0
भ्रष्टचारीलाई जनकारवार्ही गरेका हौं : विप्लप माओवादी
महेश्वर अधिकारी, निजगढ, २४ साउन
मनहर्वा गाविसका सचिव कमल प्रसाद भुर्तेलमाथि आक्रमण भएको छ । सिमराबाट मोटरसाईकलमा कार्यालय जाँदै गर्दा गढीमाई नपा १५ डुमरवानास्थित बाङ्गे पुलमा आक्रमण भएको हो ।
    पुल नजिक बसिरहेका तीन जना ब्यक्तिले मोटरसाईकल रोकेर मट्टितेल छर्किएर जलाउने प्रयास गरेको सचिव भुर्तेलले बताए । ‘मोटरसाईकल रोकेर तपाई कमल भुर्तेल हो भनेर सोधे, हो भन्ने वित्तिकै आक्रमण गरे ’, उनले भने –शरिरमा पेट्रोल खन्याए र जलाउने कोशिस गरे पनि म भाँगे । खेतै खेत भागेर आफुले ज्यान जोगाएको सचिव भुर्तेलको भनाई छ । ‘उनीले मलाई लखट्न खोज्दै थिए, त्यतिबेलै बाटोमा मोटरसाईकल आएको देखेर छाडिदिए ।’, भुर्तेलले भने ।
      आक्रमणको केही बेरमा घटना स्थल पुगेको थियो । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले शारिरीक वा भौतिक रुपमा आक्रमण गर्ने उद्देश्ले आक्रमण नभएको अनुमान गरेका छन् । प्रारम्भिक अनुसन्धानबाट कागजात नष्ट गर्न र मानसिक रुपमा त्रसित बनाउन आक्रमण भएको हुन सक्ने प्रहरी निरीक्षक खड्ले बताए । कसले आक्रमण गरेको हो भन्ने बारे खुल्न नसकेको उनले बताए । ‘मुखमा माक्स लगाएका ब्यक्तिहरु रहेछन, आक्रमणकारीहरुको मोटरसाईकल नम्बर पनि खुल्न नसक्दा कसले आक्रमण गरेको हो भन्ने बारे खुल्न सकेको छैन् ।’, उनले भने –आक्रमणकारीहरुको खोजतलास सुरु भईरहेको छ ।’
      घटना स्थलबाट प्रहरीले कुनै पर्चा, पम्प्लेट नभेटेको र मबिल भरिएको बट्टा भने फेला पारेको छ ।
यसैविच नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेकपा माओवादीको युवा संगठन राष्ट्रिय युवा जनस्वयम सेवकले घटनाको जिम्मेवारी लिदै आफुहरुले भ्रष्टचारी सचिवलाई जनकारवार्ही गरेको दाबी गरेको छ । भु–माफियासंग मिलेर सचिव भुर्तेलले सार्वजनिक जग्गाको लागत काटेको र गाविसको हिसाव पार्दर्शी नगरेकोले कालोमोसो दलेको युवा संगठन राष्ट्रिय युवा जनस्वयम सेवक नारायणी उपब्युरो संयोजक विमल बरालले जानकारी दिए ।

Post a Comment

 
Top