0
निजगढसमाचार, निजगढ
संविधानमा नै नेपाललाई हिन्दु राष्ट्र भनि लेख्नु पर्ने माग गर्दै बाराको निजगढमा प्रर्दशन र कोण सभा भएको छ । हिन्दुधर्मावलम्बीहरुले निजगढको बजार क्षेत्रमा ¥याली निकालेका थिए । ¥यालीमा सहभागिले हिन्दु राष्ट्र नेपाल कायम गर, जर्बजस्ती धर्म परिवर्तन गर्न पाईदैन्, धर्मनिरपेक्षता चाईदैन, गाई काट्न पाईदैन लगायतका नारा लगाएका थिए । प्ले कार्ड सहित, ब्यानर सहित निस्केको ¥यालीमा घण्टी र संख बजाएका थिए ।
हिन्दु राष्ट्र महाअभियान बाराको आह्वानमा निकालिएको ¥याली शहीदचोक बाट सुरु भएर बजार क्षेत्रमा प्रवेश गरि पुनः शहीद चोकमा आई कोणसभामा परिणत भएको थियो ।
कोणसभामा अभियानका संयोजक रामप्रपन्नाचार्य अधिकारीले सनातन हिन्दुराष्ट्र बनाउन आफुहरुले सुरु गरेको अभिायन सफल पारि छाड्ने बताएका थिए । त्यस्तै अभियानका रामकुमार दाहालेले बहुसंख्यक जनताको भावना अनुसार नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने धारणा राखेका छन् । सहदेव गौतमले कार्यक्रमको सहजिकरण गरेका थिए ।
बोलबम तिर्थालुको साथ
सहिद चोकबाट निस्केको ¥याली बजार प्रवेश गरेर फर्किदै गर्दा बलबम तिर्थालुहरुले समेत साथ दिएका छन् । ¥यालीमा मिसिएर उनीहरुले समेत हिन्दु राष्ट्र कायम गर्नु पर्ने नारा लगाएका थिए । मधेसी मुलका तिर्थालुहरुलाई कार्यक्रम आयोजकले तपाईहरु पनि हिन्दु धर्ममा आस्था राख्नु हुन्छ, अहिले हिन्दु धर्म संकटमा परेकोले आफुले गरेको आन्दोलनमा साथ दिनुस भन्दै अभियानकर्मी सहदेव गौतमले माईक मार्फत पटक–पटक आग्रह गरेपछि उनीहरु ¥यालीमा मिसिएका थिए ।







Post a Comment

 
Top