0
महेश्वर अधिकारी, निजगढ, ३० साउन
बाराको निजगढ नगरपालिका–९ देउराली पथस्थित समुदायमा आधारित प्रसुती गृहको तेस्रो साधारण सभामा अहिले बन्द सत्र चलिरहेको छ । आन्तरिक विवादका कारण लामो समय देखि  साधारण सभा हुन सकेको थिएन् ।
अहिले चलिरहेको साधारण सभाको बन्द सत्रले नयाँ नेतृत्व समेत चयन गर्ने छ । बन्द सत्रमा प्रगति प्रतिवेदन र विधान संयोसन प्रस्ताव स्वीकृत भएको छ ।
यसै विच केहि बेर अघि सम्पन्न उद्घाटन सत्र कार्यक्रममा निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश खनाल, सार्वजनिक माध्यमिक विद्यालयका प्रअ हस्त बहादुर लामा, अपाङग संघ बाराका उपाध्यक्ष धनप्रसाद बजगाई, जनहित सामुदायिक वन उपभोक्ता समुहका पद्म बहादुर भण्डारी, निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष तिर्थ प्रसाद गौतम, निजगढ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष ज्ञानेन्द्र प्रसाद चौलागाई, निजगढ गाविसका पूर्वउपाध्यक्ष अम्बिका चौलागाई, जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष दिल बहादुर लामा लगायतले शुभकामना मन्तब्य राख्दै प्रसुती गृहमा देखिएको विवाद र त्यसले सृजना गरेको बेथिति प्रति चिन्ता ब्यक्त गर्दै सुधार गरेर लैजान साधारण सभा सफल होस् भनि शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा निजगढ सामुदायिक अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष किशोर नेपालले संस्थाको स्थापनाकालदेखि अहिले सम्म भएको गतिविधि बारेमा बोलेका थिए ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि राजनमान श्रेष्ठ, विशिष्ट अतिथि हिरालाल श्रेष्ठ र प्रेम लाल श्रेष्ठ, त्यस्तै अतिथिहरुमा गौरी शंकर क्याम्पसका प्रमुख रामप्रसाद गौतम, निजगढ नगरपालिकाका संयुक्त वडा सचिव विष्णुला श्रेष्ठ, नेत्रद्धय माविका प्रअ रामचन्द्र मण्डल, रेडक्रस सोसाईटी उपशाखा निजढका सभापति कृष्ण प्रसाद खरेल, समाजसेवी सन्त बहादुर राउत, अवतार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अजय लामा, साना किसान कृषि सहकारी संस्था निजगढकी अध्यक्ष सिता मैनाली, प्राथमिक स्वास्थ्य केन्द्र निजगढका डा. सानुक दुबे, परमेश्वर जयसवाल रहेको कार्यक्रम प्रसुति गृहका अध्यक्ष एक बहादुर श्रेष्ठको अध्यक्षता,सावित्री भारतीको स्वागत र विदुर लाल श्रेष्ठको संचालनमा भएको हो ।
सम्मान
संस्थाका ९ जना संस्थापक सदस्यहरु सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरुमा कृष्ण प्रसाद खनाल, नेत्र पौडेल, चन्द्र सिंह लामा, मुरारी खनाल, विरेन्द्र मिश्र लगायत रहेका छन् । उनीहरुलाई कार्यक्रमका अतिथि र अध्यक्षले संयुक्त रुपमा दोसल्ला सहित सम्मान गरेका हुन् ।
त्यस्तै संस्थाका अध्यक्ष द्धय श्रेष्ठ र नेपालले जग्गा दाता राजनमान श्रेष्ठ, हिरालाल श्रेष्ठ र प्रेम लाल श्रेष्ठलाई दोसल्ला सहित सम्मान गरेका छन् ।





Post a Comment

 
Top