0
निजगढ समाचार,निजगढ, २७ साउन
निजगढ नगरपालिकाको आर्थिक वर्ष २०७१÷०७२ को वार्षिक प्रगति समिक्षा गोष्टि सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत विमल कुमार पोखरेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । त्यस अघि नगरपालिकाको भतरगञ्ज सिंगौल संयुक्त वडा कार्यालय सचिव सोमसिंह लामा, रतनपुर संयुक्त वडा सचिव भगवति रिमाल, योजना तथा सामाजिक शाखा प्रमुख नविन खनाल, लेखा शाखा प्रमुख राजेन्द्र कार्कीले पनि आफ्नो कार्यालय र शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदनमा चालु आर्थिक वर्षमा संचालनमा रहेका र सम्पन्न भएका योजनाको बारेमा जानकारी र चुनौती, सम्भावना बारेमा आफ्नो धारणा समेत राखेका थिए ।
कार्यक्रममा प्रस्तुत प्रतिवेदनमाथि स्थानीय राजनीतिक दलका नेता तथा नगरवासीले आफ्नो सुझाव समेत दिएका छन् । नगर विकास समितिका अध्यक्ष सुरेश खनाल, नेकपा एमाले नगर संयोजक दिल बहादुर लामा, एमाओवादी नगर संयोजक बेनी मोक्तान, निवर्तमान गाविस अध्यक्ष एक बहादुर श्रेष्ठ, तपोवन सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष मिना लामा, अम्बीका चौलागाई, केशव ढोडारी, पद्म लामा लगायतले सुझाव दिदै पारदर्शीताको प्रशंसा समेत गरेका थिए ।
अपाङग सेवा संघ बाराका उपाध्यक्ष धनप्रसाद बजगाई, रेडक्रस प्रतिनिधि बद्रि चिमरिया, अन्र्तपार्टी महिला संजालकी कोषाध्यक्ष विष्णु नेपाल, नेकपा–माओवादी नगर कमिटि सदस्य रामप्रसाद पाण्डे, वडा नागरिक मञ्चका संयोजकहरु लगायतको समेत सहभागिता रहेको कार्यक्रमको सहजिकरण नगरपालिकाकी सामाजिक परिचालिका लिला खनालले गरेकी थिईन् ।

Post a Comment

 
Top