0
महेश्वर अधिकारी, निजगढ

बाराको निजगढमा नयाँ लायन्स क्लबको जन्म भएको छ । लायन्स क्लब अफ निजगढ पिस नाम दिईएको क्लबले अन्र्तराष्ट्रिय मान्यता समेत पाईसकेको छ ।

लायन्स क्लब ईन्टरनेशनलले क्लबलाई मान्यता दिएसंगै हालै क्लबका प्रेसिडेन्टको रुपमा निजगढका ब्यवसायि पद्म तिमल्सीना‘बलराम’ लाई प्रदस्थापना र सपथ गराईएको छ ।

डिस्टीक गर्भनर रुद्रहरी ज्ञवालीले प्रेसिडेन्ट तिमल्सीना र पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहरण गराएका हुन् । नव गठित क्लबमा ४८ जना लायनहरु छन् । निजगढमा रहेर विभिन्न पेशा÷ब्यवसायमा संलग्न रहदै आएका युवापुस्ताको सबैभन्दा ठुलो समुह बन्न पीस सफल भएको छ ।

समाज सेवा गर्ने उद्देश्यले गठन भएको लायन्स क्लब अफ निजगढ पीस निजगढको पहिलो लायन्स क्लब भने होईन् । यस अघि नै संचालनमा रहेको लायन्स क्लब अफ निजगढले स्पन्सरमा गठन भएको पहिलो क्लब हो । यस संगै अब निजगढमा दुई वटा लायन्स क्बल भएका छन् ।

     निजगढ नगरपालिकास्थित उद्योग वाणिज्य संघ निजगढको सभाहलमा एक भब्य कार्यक्रमका विच क्लबको प्रतिस्थापन गरिएको हो । कार्यक्रममा डिस्ट्रिक गर्भनर रुद्रहरि ज्ञवाली प्रमुख अतिथिको रुपमा सहभागि थिए । पूर्व मल्टिपल काउन्सिल चेयर पर्सन भरत ढुंगेल, डिस्ट्रिक सेक्रेटरी सुदर्शनधर प्रधानाङ, डिस्ट्रिक टेजर शिव कटुवाल, एरिया कोअर्डिनेटर विनोदकुमार भारती, रिजन चेयर पर्सन सविन खनाल, लायन्स क्लब निजगढमा पूर्वअध्यक्ष गोपाल न्यौपाने लगायत अतिथिका रुपमा सहभागि थिए ।

     कार्यक्रमलाई सम्बोधन गर्दै सहभागिहरुले सामाजिक क्षेत्रमा क्लबले पु¥याउदै आएको योगदानको बारेमा चर्चा गरेका थिए । डिस्टीक गर्भनर रुद्रहरी ज्ञवालीले लायन्स क्लव मन, वचन र कर्मले शुद्ध मानव कल्याणकारी सेवामा समर्पित संस्था भएको बताउँदै उनले संसारका जुनसुकै कुनाका मानव एकै हुन् भन्ने मूल्यमान्यतामा आधारित रही आपत्विपत्मा परेका मानवहरूको सहयोगी बन्दै आएको बताए ।

    जातजाति, सानो र ठूलो भन्ने धारणालाई त्यागी सबै मिलेर अघि बढ्नु नैं लायन्सकर्मीको विशेषता हो भन्दै उनले लायन्सकर्मी हुनुमा गर्व गर्नुपर्ने बताए ।   र नवगठित लायन्स क्लब निजगढ पिसका पदाधिकारी, सदस्यहरूले समाजसेवाका कामहरूमा सक्रिय रही क्लबको गरिमालाई अझ उँचो बनाउने विश्वास व्यक्त गरे ।

    सो अवसरमा पूर्व गर्भनर मधुकरकुमार उपाध्यायले क्लब अन्तराष्ट्रिय मापदण्डलाई पालना गरेर अघि बढ्ने संस्था भएकोले संस्थालाई जीवन्त बनाइराख्न सम्पूर्ण सदस्यहरूलाई निरन्तर सक्रिय हुन सुझाव दिए । लायन्स क्लब निजगढका अध्यक्ष दीपेन्द्र श्रेष्ठले क्लबले सामाजिक कार्यक्रमलाई आफ्नो कार्यकालमा निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरेका थिए । लायन्स क्लब निजगढ पिसका अध्यक्ष पदमप्रसाद तिमल्सिनले आफुले सामाजिक क्षेत्रमा काम गर्नेका लागि ठाँउको खोजीको क्रममा लायन्स भेटेकोले सबैको सहकार्यमा समाज सेवा मुलक कामलाई थालनी गर्ने बताए ।

     निजगढ क्लबका पूर्व अध्यक्ष गोपाल न्यौपानेले आफ्नो कार्यकालमा सबै साथीहरूको सक्दो सहयोग पाएको बताउँदै सञ्चारकर्मीहरूलाई समेत मायाको चिनो  र प्रशंसापत्र प्रदान गरेका थिए ।

    कार्यक्रममा ४८ सदस्यीय नवगठित क्लबलाई २५ हजार मूल्यबराबरको ज्याकेट विनोद कुमार भारतीले प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन प्रभातकुमार सिग्देलले गरेका थिए ।    

भिडियो



Post a Comment

 
Top