0
निजगढ समाचार, काठमाडौं, १७ साउन
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि यहाँ पनि घटाइएको हो ।
  निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाएको छ । अब घटाएपछि पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ ५० पैसा कायम भएको छ भने डिजेल र मट्टितेलको ८४ रुपैयाँ ५० पैसा कायम भएको छ ।
   यसैगरी निगमले हवाई इन्धनको मूल्य पनि घटाएको प्रवक्त मुकुन्द घिमिरले जानकारी दिए । हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १५ रुपैयाँ घटाएर ११८ रुपैयाँ कायम गरिएको छ ।
हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर ७५ डलर घटाइएको छ । अब अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धन प्रतिकिलोलिटर १३२५ डलरमा झरेको छ ।
   निगमले पहिलो पटक खाना पकाउने ग्यासको पनि मूल्य घटाएको छ । खाना पकाउने ग्याँसको प्रतिसिलिन्डर ३५ रुपैयाँ घटाएर १४ सय ३५ रुपैयाँ कायम गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

Post a Comment

 
Top