0
एमाओवादी सडकमा देखिएन्, संयुक्त कार्यक्रम नहुदाँ सर्वसाधारण निराश
महेश्वर अधिकारी, निजगढ, ४ असोज
संविधान घोषणा भएको भोली पल्ट आज काठमाण्डौंको टुडिखेलमा प्रमुख तीन दलले संयुक्त रुपमा स्वागत सभा गरेर राष्ट्रिय एकता प्रदर्शन गरेकै दिन बाराको निजगढका राजनीतिक दलका नेताहरु एकता प्रदर्शन गर्न चुकेका छन् ।
    नेपालको संविधान २०७२ को बाराको निजगढमा स्वागत गर्न आज कांग्रेस र एमालले बेग्ला बेग्लै जुलुस र सभा गरेर राष्ट्रिय एकतालाई आँच पु¥याएका छन् ।
मुख्य तीन दल कांग्रेस, एमाले र एमाओवादी सहमतिमा संविधान निर्माणले पूर्णता पाएसंगै देशभर संयुक्त रुपमा संविधानको स्वागत भए पनि निजगढमा हिजो देखि नै बेग्ला बेग्लै कार्यक्रम भईरहेको छ ।
सोमबार पूर्व पश्चिम राजमार्गको बकैया–भमरा सडक खण्डमा पाँच÷पाँच  मिनेटको फरकमा ¥याली निकालेका उनीहरुले बेग्ला बेग्लै स्थानमा कोण सभा गरे ।  नेपाली कांग्रेस नगर कमिटिले मोटरसाईकल सहितको ¥याली निकाल्नु पाँच मिनेट अघि नेकपा एमाले नगर कमिटिको आयोजनामा ¥याली निस्केको थियो । पञ्चे बाजा सहित निस्केको ¥यालीमा साना किसान कृषि सहकारी संस्था समेत सहभागि भएको थियो । बकैया पुलबाट सुरु भएको ¥याली भमरा पुल पुगेर पुनः बकैया छेऊबाट फर्कि शहीद चोकमा कोण सभामा परिणत भएको थियो । सभालाई एमाले बाराका जिल्ला सदस्यद्धय नारायण गौतम र नगर अध्यक्ष दिल बहादुर लामा लगायत नेताहरुले सम्बोधन गर्दै संविधानको कार्यान्वयन पक्षमा सबैले ध्यान पु¥याउनु पर्नेमा जोड दिएका थिए ।
जातिय पहिचान झल्कीने पोशाकमा सजिएर सहभागि भएर बकैयाबाट सुरु भएको कांग्रेसको ¥याली भमरा पुगेर निजगढ बजारको बरपिपल चोकमा सभामा परिणत भएको थियो । सभामा पेमा सिद्धि लामा, शम्भु बुढाथोकी, शुरेश खनाल, बद्रि सिंदेल र भाईकाजी श्रेष्ठ लगायतले बोल्दै ७० वर्ष अघि बीपी कोईरालले देखेको सपना पुरा भएको भन्दै संविधानको स्वागत गरेका थिए ।
संख्यात्मक रुपमा एमालेको भन्दा कांग्रेसको ¥यालीमा सहभागि धेरै थिए ।
संविधान सभा र संघीयताको लागि बलिदानी दिएको बताउने एमाओवादी भने संविधानको स्वागतमा देखिएको छैन् । हिजो कांग्रेस र एमालेले बेग्ला बेग्लै दिप प्रज्वलन ग¥यो र आज ¥याली निकालेको छ भने एमाओवादी नत सहभागि भएको छ नत एकल रुपमा नै कार्यक्रम गरेको देखिएको छैन् ।
यो नेपाली शिर उचारी गित बजाउँदै एमालेको र रातो र चन्द्र सुर्य बोलको गित बजाउँदै कांग्रेसको ¥याली अघि बढिरहदाँ सर्वसाधारण भने सडक छेऊ र प्रतिक्षालयमा रमिने बनेका थिए । शहीद चोकमा उभिएका केही सर्वसाधारणले सवदलिय कार्यक्रम नभएको कारण आफुहरु स्वागत कार्यक्रममा सहभागि हुन नपाएको गुनासो गर्दै थिए । ‘हामी स्वातन्त्र मान्छे कुन ¥यालीमा सहभागी हुने ?’, ती सर्वसाधारणले भने–न हामी कांग्रेस न एमाले ! आफुले नेतृत्व गर्न नपाएको कारण कांग्रस–एमालेको कुरा मिल्न नसकेको कारण सर्वदलिय कार्यक्रम हुन नसकेको उनीहरुको बुझाई छ ।

Post a Comment

 
Top