0
संविधानको विरोधमा मोटरसाईकल ¥याली 
महेश्वर अधिकारी, निजगढ, ३ असोज
केही बेरमा घोषणा हुन लागेको नेपालको संविधान २०७२ को बाराको निजगढमा   स्वागतको तयारी छ । मुख्य तीन दलको सहमतिमा संविधान निर्माणले पूर्णता पाएसंगै देशभर संयुक्त रुपमा संविधानको स्वागत गर्ने तयारी भईरहदाँ निजगढमा भने मत मिल्न सकेन् ।
संयुक्त रुपमा कार्यक्रम गर्ने तयारी भए पनि कसले नेतृत्वमा गर्ने भन्ने विषयमा मत मिल्न नसक्दा बेग्ला बेग्लै रुपमा कार्यक्रमको तयारी भईरहेको छ ।
शहिद चोकमा आयोजना हुन लागेको दिप प्रज्वलन कार्यक्रम सत्ता साझेदार दल कांग्रेस र एमालेले बेग्ला बेग्लै रुपमा तयारी गरिरहेको हो ।
    कांग्रेस नगर कमिटि सभापति सुरेश खनालले संयुक्त रुपमा कार्यक्रम गर्न सर्वदलिय छलफल आयोजना गरेका थिए । छलफल कार्यक्रममा नेकपा एमाले, राप्रपा सहभागि भए पनि एनेकपा माओवादीका नगर अध्यक्ष बेनी मोक्तान सहभागि भएनन् । ‘म हजुरआमाको मृत्यु भएको कारण सिन्धुलीमा छु, एनेकपा माओवादीका नगर अध्यक्ष मोक्तानले भने–‘साथीहरुलाई छलफलमा जानको लागि भनेको थिए ।’
‘आफुले नेतृत्व नपाएपछि एमालेले संयुक्त रुपमा नगर्ने मनसाय देखाए,’ कांग्रेस निकट स्रोतले भन्यो –‘तपाईहरु ठुलो पार्टी तपाईहरु आफ्नो तरिकाले मनाउनुहोस्, हामी बेग्लै रुपमा स्वागत कार्यक्रम गछौं ।’
एमालेले शहीद चोक सहित भमरा, लच्का, देउराली पथ, ट्राफिक चोकमा दिप प्रज्वलन गर्ने तयारी गरिएको एमाले नेता एकबहादुर श्रेष्ठले जानकारी दिए । नगरकमिटीले घरघरमा दिपप्रज्वलन गर्न आफ्ना कार्यकर्तालाई माईकिङ गरेर आह्वान गरेको छ ।
संविधानको विरोधमा मोटरसाईकल ¥याली 
संविधानको स्वागतको तयारी भईरहदाँ कोल्बी क्षेत्रका थारु कल्याणकारी सभाका कार्यकर्ताले निजगढमा संविधानको विरोधमा मोटरसाईकल ¥याली निकालेका छन् । सयौंको संख्यामा आएका उनीहरुको मोटरसाईकलमा कालो झण्डा र कार्यकर्ताले कालो फेटा बाँधेका थिए ।
कुशल द्धारा स्वागत
बाराको निजगढमा नयाँ संविधानको स्वागत भएको छ । कुशल ब्यवसाय तथा परामर्श केन्द्रले दिप प्रज्वलन कार्यक्रम गरेर स्वागत गरेको हो । सनराईज मार्केटमा आयोजना भएको कार्यक्रममा केन्द्रका निर्देशक सरोज कोईराला, ब्यवसायि मधु श्रेष्ठ, जुगल लामिछाने, रामकृष्ण पाण्डे, पुजा काफ्ले, सपना मगर लगायत सहभागि थिए ।



Post a Comment

 
Top