महेश्वर अधिकारी, निजगढ, ५ असोज
सोच्दा समेत ‘पाप’ लाग्ने घटना सुनाउन निजगढ ६ बागदेवकी अनिता देवी बुधबार निजगढ समाचारको कार्यालयमा आईपुगिन् । नेपाली समाजले कल्पना पनि गर्न नसक्ने घटना अनिताले आफैले भोगेपछि आँशु चुहाउँदै सुनाईन् –‘मेरो लोग्नेले मेरै छोरी भगाए ।’
रौतहट गौरका स्थायी घर भई निजगढ बस्दै आएका ५२ वर्षिय शिव मंगल साह १५ वर्षिया छोरी लिएर असोज १ गतेबाट बेपत्ता छन् । ‘एक महिनादेखि गौर बस्दै आएका थिए’, अनिताले भनिन्–‘छोरीलाई निजगढबाट बोलाएर बाबु–छोरी भागेका छन्, कुनै पत्तो लागेको छैन् ।’ १० वर्षिय छोरा मोतीलाल लाई लिएर आएकी अनिता निजगढ समाचारलाई आफ्नो बेदना सुनाएर प्रहरी कार्यालय रिपोर्ट लेखाउन गईन् । हुलिया सहित छोरी खोजी दिन अनुरोध गरेर निवेदन दर्ता भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
शिव मंगलले छोरी भगाएको यो पहिलो पटक होईन् । रौतटह छदै गत मंसिरमा छोरी लिएर फरार भएका उनलाई रौतहट प्रहरीले पक्राउ गरी कागज गरेर छाडेको थियो । यस अघि पनि मेरो छोरीलाई भगाएका थिए, हल्ला भएपछि छोरीको विहे हुदैन् भन्ने डरले मिलापत्र गरेर छुटाएका थियौं’, अनिताले सम्झिन् । त्यो घटना पछि उनीहरु निजगढ आएर बस्न थालेका हुन् ।
अनिताले अचम्मको कुरा सुनाईन् –‘लोग्नेले मलाई छोरी सौता राख्ने प्रस्ताव गरे ।’ मैले प्रस्ताव स्वीकार गर्न सकिन् । बाबुसंगको सम्बन्ध बारे छोरीले बाबुले जर्वजस्ती गरेको सुनाएपछि अनिताले लोग्नेबाट छुटकारा दिलाउन छोरीलाई रौतहट राखेर पढाउन थालिन् । ‘६ मा पढ्दै गरेकी छोरीलाई अघिल्लो तिजको बेलामा आमालाई सहयोग गर्न ल्याऊ भनेर जिद्दि गरेपछि फेरी छोरीलाई यतै ल्याईन् ।
राम्रो घरबाट कुरा आए विहे गरिदिन्छु भनेर लोग्नेले बाचा गरेपछि अनिताले छोरीलाई निजगढमा नै राख्न थालिन् । त्यो नै अनिताको जीवनको दोस्रो ठुलो भुल भयो । बाबु–छोरीको अवैध सम्बन्ध फेरी कायम हुन थालेको अनिताले थाहाँ पाईन् । त्यसपछि छोरीलाई खुब पिटिन् उनले । तर छोरी टसमस भईनन् । कुनै अवैध सम्बन्ध रहेको स्वीकार गरिनन् ।
मैले विवाहको प्रस्ताब ल्याए बाल विवाहको मुद्दा चलाउन प्रहरीमा रिपोर्ट गरिदिन्छु भनेर छोरीले धम्की दिने गरेकी अनिताले सुनाईन् । ‘बाबुसंग पटक–पटक भाग्ने तर विवाह गर्न नमान्ने गरेकी थिई, अनिताले भनिन्– बाबु नभएको मौका पारेर विवाह गरेर पठाउने तयारी गरेकी थिएँ । छोरीले केटा मन परेन भनेर अस्वीकार गरिन् ।
विवाह गरेर पठाउने भएपछि बाबु–छोरी भागेको अनिताको आशंका छ । ६ दिन अघि विहान ११ बजे कपडा पोको पारेर घटाउन भनेर बजार हिडेकी छोरी सम्पर्कमा आएकी छैन् । छोरीले भैसी किन्न दिएको ७२ हजार रुपैया नगद र गरगहना समेत लिएर हिडेकी उनले बताईन् । सोही साँझ ७ बजे शिव मंगलले अनितालाई फोन गरेर छोरीसंग कुरा गराउन भनेका थिए । ‘मैले तपाईले नै छोरी लग्नु भएको भन्ने वित्तिकै फोन काटिदिए । उनले भनिन् –त्यहि दिन चपुरमा गाडी आउँदै गरेको कसैलाई कुरी रहेको अवस्थामा देखेको खबर पाएँ ।’ छोरी खोज्न साँझ उनी निजगढ बजार आईन् । छोरी कतै नभेटिए पछि आफन्त कहाँ बुझीन् त्यता पनि नभेटिनु र त्यस पछि लाग्नेसंग फोन सम्पर्क हुन छाडेपछि उनी आफ्नै लाग्नेले छोरी भगाएकोमा उनी विश्वस्त छिन् । तर अब के गर्ने कसो गर्ने भन्ने सोच्न नसकेको उनले बताईन् ।

Post a Comment
Post a Comment