0
महेश्वर अधिकारी, निजगढ, २ असोज
भोली घोषणा गरिन लागेको नेपालको संविधान २०७२ को बाराको निजगढ नगरपालिकास्थित बागदेवमा लोक भाका मार्फत स्वागत गरिएको छ । त्यहाँ आयोजित तिज विशेष कार्यक्रममा लोकभाका प्रस्तुत गर्दै स्थानीय मिना चौरेल, सुमित्रा खड्का समुहका कलाकारहरुले मादलको तालमा संविधानको स्वागत गरेका हुन् ।
उनीहरुले गित मार्फत बैशाखमा गएको महाभुकम्पको पीडा समेत सुनाएका थिए । कार्यक्रममा राष्ट्रिय स्तरका गायक बद्रि राउत र प्रमिला  मगरको जोडीले दोहोरी गाएको थियो । उनीहरुको दोहोरीमा महिलाहरु कम्मर भाँचेर नाचेका थिए ।
कार्यक्रममा तिज विशेष नाटक मञ्चन गरिएको थियो । बुहारीले माईत जान नपाएको सन्र्दभलाई नाटक मार्फत देखाउन खोजिएको थियो । नाटकमा समिर गौतम, मन्दिरा तिमल्सीना, जेनिशा विक अभिनय गरेका थिए । त्यस्तै पुष्पा गौतम, मन्दिरा तिमल्सीना, जेनिशा विक लगायतले विभिन्न गितमा नृत्य समेत गरेका थिए ।
स्थानीय बालबालिकाको आयोजना गरेको कार्यक्रमको यस अघि निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश खनालले संघीय नेपालको ७ प्रदेशको प्रतिक स्वरुप ७ वटा मैनबत्ती बालेर उद्घाटन गरेका थिए । उनले संविधानको भब्य रुपमा दिप बालेर स्वागत गर्नु सबैसंग आग्रह गरेका थिए । कार्यक्रममा महिला अगुवा सावित्री भारती, विष्णु नेपाल, तारानाथ चौलागाई लगायतको सहभागि रहेको कार्यक्रमको सहदेव गौतमले संचालन गरेका थिए । कार्यक्रमको अध्यक्षता ईन्दिरा गौतमको थियो ।




Post a Comment

 
Top