0
निजगढ समाचार, निजगढ, १ असोज
अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा भोजपुरा संयोजक रबिराज दंगालले जन्म दिन पथलैयास्थित बृद्धाआश्रममा मनाएका छन् ।
      निजगढलाई आधार क्षेत्र बनाएर राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका दंगालले २६ औं जन्म दिन बृद्धाआश्रममा मनाएका हुन् ।
     गढीमाई नगरपालिका–१ पथलैयामा रहेको जेष्ठ नागरिक सम्मान बृद्धा आश्रम नेपालमा रहेका १० जना बृद्धबृद्धालाई फलफुल तथा जुस वितरण गरेका थिए भने आश्रमलाई खाना पकाउन आवश्यक रहेको १० लिटर क्षमताको प्रेसरकुकर समेत सहयोग गरेका छन् ।
    जन्म ब्यक्तिगत घटना भए पनि सामाजिक क्षेत्रमा रहेका ब्यक्तिले आफ्ना जन्म दिन सार्वजनिक रुपमा मनाउनु पर्छ भन्ने मान्यताले बृद्धाआश्रममा जन्म दिन मनाएको निजगढ सार्वजनिक सरोकार समितिका सचिव समेत रहेका दंगालले निजगढ समाचारलाई बताए । अरुलाई पनि आश्रममा गएर जन्म दिन मनाउन उनले आग्रह गरेका छन् ।
   दंगालको जन्म दिन मनाउन नेपाल अपाङ्ग सेवा संघ बाराका उपाध्यक्ष धनप्रसाद बजगाई, निजगढका ब्यवसायि रमेश कुमार कार्की, संचारकर्मी महेश्वर अधिकारी, आश्रमका अध्यक्ष जीवन कालिकोटे, सदस्य बाबु थापा लगायत सहभागि थिए ।
                                                                                       सहयोग गरिदिन आग्रह 
आश्रमका अध्यक्ष जीवन कालिकोटेले आश्रममा जन्मदिन मनाउदा धेरै सहयोग पुग्ने भन्दै सबैलाई सहयोगका लागि आग्रह समेत गरे । ४ वर्ष अघि संचालनमा आएको आश्रममा भौतिक पुर्वाधारको समस्या जटिल छ । काठको घर भाँडामा लिएर संचालनमा रहेको आश्रममा आर्थिक समस्याका रहेको छ । आश्रमको भवन निर्माणका लागि स्थानीय नेपाल राष्ट्रिय उच्च माविले २ कठ्ठा १० धुर जग्गा उपलब्ध गराएको छ । भवन निर्माणका लागि आवश्यक बजेट अभाव भएका कारण निर्माण सुरु गर्न नसकिएको आश्रमका अध्यक्ष कालिकोटेले निजगढ समाचारलाई बताए ।

Post a Comment

 
Top