0
महेश्वर अधिकारी, निजगढ, २८ भाद्र 
हरितालिका तिज पर्वमा दर खाने दिन आज बारा निजगढका महिलाहरुले भुकम्प र मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको संझनामा दिप प्रज्वलन गरेका छन ।
     हरेक बर्ष नाचगान कार्यक्रम आयोजना गर्दै आएको अन्तर पार्टी महिला सञ्जाल निजगढको आयोजनामा मृतकको आत्माको चिरशान्ति र सम्झनामा एक सय ४५ वटा मैन बत्ति बालेका हुन् । कार्यक्रममा भेला सयौं महिला पुरुषले मृत आत्माका सम्झानामा पालैपालो मैनबत्ति बालेका थिए ।
    बैशाख १२ र २९ गतेको महाविनाशकारी भुकम्पमा परि ज्यान गुमाएका र मधेसमा जारी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको सम्झनामा दिप प्रज्वलन गरिएको सञ्जालकी अध्यक्ष अरुणा विकले बताईन् ।
यसअघि संजालले देशमा राष्ट्रिय स्तरका कलाकारलाई बोलाएर निजगढमा तिज विशेष सांगितिक कार्यक्रम आयोजना गर्दै आएको थियो ।
     ‘दिनहु“ ज्यान जागएको खबर सुनिन्छ, अन्तरपार्टी महिला संजाल निजगढकी अध्यक्ष अरुणा विकले भनिन, यस्तो दुखको बेलामा कसरी नाचगान र रमाइलो गर्नु ।’ उनले पुर्व निर्धारित कार्यक्रम परिर्वतन गरेर ज्यान गुमाउने आन्दोलनकारी र प्रहरीहरुको संझनामा मैन बत्ति प्रज्वलन गरिएको जानकारी दिइन । आन्दोलनको नाममा अब कसैले पनि ज्यान गुमाएको खबर सुन्न नपरोस विकले भनिन ।
   संजालको बैठक बसेर यस बर्ष सामुहिक दर खाने र मनोरञ्जन कार्यक्रम समेत नगर्ने निर्णय गरेको संजालकी सदस्य सावित्रि भारतीले जानकारी दिइन । ‘मर्ने र मार्ने क्रम चलिरहेको बेला रमाइलो मात्र गरेर बस्न मन लागेन,’ उनले भनिन । आन्दोलन वा कुनै पनि नाममा हुने हत्या हिंसा राम्रो होइन । भारतीले भनिन ।

Post a Comment

 
Top