0
निजजगढ समाचार, निजगढ, २८ भाद्र

स्थानीय क्रियाशिल राजनीतिक दलहरुमा आवद्ध महिलाहरुको छाता संगठन अन्र्तपार्टी महिला सञ्जाल निजगढले यो वर्ष तिजविशेष कार्यक्रम नगर्ने जनाएको छ ।
विगत लामो समयदेखि हरितालिका तिज विशेष कार्यक्रम भब्य रुपमा संचालन गर्दै आएको सञ्जालले देश शोक डुबेको भन्दै तिज विशेष कार्यक्रम नगर्ने निर्णयमा पुगेको जनाएको छ ।
     सञ्जालले आज एक प्रेस विज्ञप्ती जारी गर्दै महाभुकम्प र मधेस आन्दोलनका क्रममा धेरैले ज्यान गुमाएको र धेरै घरवार विहीन भएको विषम परिस्थितिका कारण तिज विशेष कार्यक्रम नगर्ने निर्णय भएको जनाएको छ । सञ्जालकी अध्यक्ष अरुणा विक द्धारा जारी विज्ञप्तीमा जनाईए अनुसार विभिन्न घटनामा ज्यान गुमाएका मृत आत्माको चिरशान्तिको कामना स्वरुप भोली दिप प्रज्वलन गर्ने तयारी छ ।
      सञ्जालले भोली साँझ निजगढ स्थित शहीद चोकमा हुने दिप प्रज्वलन कार्यक्रममा सहभागि हुन स्थानीय समुदायलाई आह््वान गरिएको सञ्जालकी सदस्य विष्णु नेपालले जानकारी दिईन् ।

Post a Comment

 
Top