0
महेश्वर अधिकारी, निजगढ
प्रधानमन्त्रीले बर्खास्त गर्नु केहि घण्टा अघि खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएका छन् । पदिय दुरुपयोग गरेको भन्दै अख्तियारले मन्त्री पद खारेज गर्न पत्र पठाएको एक सातापछि पौडेलले राजीनामा दिएका छन् ।
अख्तिारको पत्र पछि आज प्रधानमन्त्री शुशिल कोईरालाले पार्टीले फिर्ता नबोलाए बर्खात गर्ने तयारी गरेपछि पौडेलले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री कोईरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अख्तियारले पत्र पठाएका मन्त्री पौडेल र उर्जा मन्त्री राधा ज्ञवालीलाई फिर्ता बोलाउन आग्रह गर्दै फिर्ता नबोलाए बाध्य भएर बर्खात गर्ने भने पनि ओलीले फिर्ता नबोलाएपछि आज साँझ मन्त्रीबाट बर्खास्त गर्ने तयारी थियो ।
मन्त्री पौडेलले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव नियुक्त गर्दा विवादमा तानिएका थिए । विदेशमा खेल्न गएका खेलाडी लुकाएको आरोप लागेका केशव विष्टलाई मन्त्री पौडेलले सदस्य सचिव नियुक्त गरेका थिए । त्यस बेला नै अध्यक्ष ओलीले फिर्ता बोलाए पनि माधव नेपालको ‘प्रेसर’को कारण थमौती भएको थियो ।
आफुलाई ‘माईनस’ गरेर सदस्य सचिव नियुक्ति गरेको र फिर्ता बोलाउदा समेत माधव गुठको ‘पावर’ लगाएर मन्त्री पदमा कायम रहेपछि अध्यक्ष ओलीले अख्तियार लगाएर मन्त्री पद खुस्काएको पौडेल निकटहरुको आरोप छ । ‘त्यसैको बदला लिन पछिल्लो पटक प्रधानमन्त्रीले फिर्ता बोलाउन आग्रह गर्दा समेत ओली फिर्ता नबोलाउने बरु प्रधानमन्त्रीले बर्खास्त गरे बेईज्जत हुन्थ्यो भनेर चुप लागेर बसेको थिए,’ –पौडेल निकटले भने ।
मन्त्री पत्नीको विवादास्पद् स्टाटस्
मन्त्री पत्नी प्रमिला पौडेलले मन्त्री बर्खास्त बारे समाचार आएपछि मिडियाको बेईज्जत गरेर स्र्टाटस लेखेकी छिन् । ८ घण्टा अघि उनले लेखेको स्र्टाटसमा समाचारमा सत्यता नभएको भन्दै यस्तो समाचार लेख्ने पत्रकार ‘पत्रुकार’ हो भनेकी छिन् ।
प्रधानमन्त्रीले बर्खास्त गर्ने तयारी गरेको समाचार हिजो नै संचारमाध्यममा आएको थियो । मिडियामा समाचार सार्वजनिक भएपछि मिडियाकै नाम नै तोकेर उनले स्टार्टस लेखेको हुन् । कुन माफियाले दिएको समाचार लेखेको हो पनि भनेकी छिन् ।
   मन्त्री पत्नी प्रमिलाले आफैले लेखेको स्र्टाटसमा कमेन्ट लेख्दै एक पैसामा बिक्ने पत्रकारले यस्तो समाचार लेखेको भनेकी छिन् । उनले स्टाटस लेखेको ६ घण्टा नवित्दै मन्त्री पौडेलको राजिनामा आएको छ ।  
https://www.facebook.com/pramila.paudel.372#

Post a Comment

 
Top