0
निजगढ समाचार, १५ असोज
पूर्वपश्चिम राजमार्ग अन्र्तगत पथलैया–निजगढ सडक खण्डको तामागढीमा अवरुद्ध राजमार्ग सुचारु भएको छ ।
दिउँसो २ बजेबाट अवरुद्ध राजमार्ग अहिल साँढे चार बजेदेखि संचालनमा आएको हो ।
डेढ दर्जन मालबाहक सवारी साधान राजमार्गमा रोकिएका थिए । सिमांकनमा चित्त दुखाएको थारु कल्याणकारी सभाले सवारी आवागमनमा रोक लगाए पछि सवारी साधन रोकिएका थिए । सभाका कार्यकर्ताले राजमार्गमा टायर बालेर केहीबेर प्रदर्शन गर्दै ब्यानर सहित राजमार्गमा धर्ना दिएका थिए ।
शसस्त्र प्रहरी बेस क्याम्प निजगढका शसस्त्र प्रहरी नायब उपरिक्षक निरंकार शुक्क नेतृत्वको शसस्त्र प्रहरी र ईलाका प्रहरी कार्यालयका प्रहरीको बाक्लो उपस्थिती रहेको थियो । शान्तिपूर्ण प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध गर्ने विरोधको कार्यक्रम अन्र्तगत सवारी साधन चल्न रोकेको सभाका बारा जिल्ला अध्यक्ष रामप्रसाद चौधरीले जानकारी दिए ।

Post a Comment

 
Top