0
महेश्वर अधिकारी, निजगढ
छिटपुट घटना बाहेक शान्त छ निजगढ । करिब दुई महिनादेखि तराईका अधिकांश बजार र राजमार्ग बन्द हुदाँ यस अविधिमा आधा घण्टा मात्र बन्द भयो निजगढ  । पसल ब्यवसाय निर्वाध संचालन भईरहेको छ । राजमार्गमा सवारी साधान चलेकै छन् । पेशागत संगठनको आह्वानमा बाहेक विद्यालय र कलेज पनि खुलेकै छन ।
थारु कल्याणकारीका कार्यकर्ताले बन्द गर्न आउँदा प्रहरीको सक्रियताले कुनै अप्रिय घटना हुन पाएन् । यस अघि पनि संविधानको मस्यौदा माथि सुझाव संकलन कार्यक्रम पनि नमुनाकै रुपमा सम्पन्न गर्न पनि प्रहरी सक्रियता महत्वपूर्ण रह्यो ।
....तर पहिले
दुई वर्ष निकै अशान्त थियो निजगढ । अपहरण, फिरौती र हत्या यहाँको नियति जस्तै थियो । फेरी किशोरी माथिको लगातारको आक्रमणका घटनाबाट त्रसित भन्यो निजगढ । पछिल्लो समय पसल ब्यवसायको सटर फोडेर लुटपाटको घटना पनि ब्यहो¥यो निजगढ बजारले । अहिले दिनदहाडै घर फोडेर चोरीका घटना हुन थालेको छ यहाँ । सुरक्षा निकायको उपस्थिति हेर्ने हो भने ईलाका प्रहरी कार्यालय र शसस्त्र प्रहरीको बेस क्याम्प छ । यतिका घटना भईरहदा प्रहरी के मौन बसेको हो त ? स्थानीय प्रहरीको भुमिका प्रति ढुक्न हुन सकेनन् । स्थानीयको चर्को विरोध पछि प्रहरी प्रमुख फेरीए ।
तीन जना निजगढका स्थानीय अपहरणमा परे । त्यस मध्ये भगवान बडालका अपहरणकारीले १० लाख फिरौती बुझाउँदा समेत मुक्त गरिएन् । त्यस पछि ईलाका प्रहरी कार्यालय निजगढ ‘प्रेसर’ मा प¥यो । अपहरणकारीलाई समाउन सक्रिय नभएको आरोप लगाउदै स्थानीय आक्रोशित बने । सडक अवरुद्ध गरे ।  प्रहरी प्रमुखको सरुवा र डिएसीको कमाण्ड हुनु पर्ने र विभिन्न स्थानमा प्रहरी पोष्ट रहनुपर्ने माग बुलन्द बनाए ।
कार्यालमा डिएसीको कमाण्ड सम्हाल्न प्रहरी नायव उपरीक्षक विष्णुहरी कोइराला आईपुगे । तत्कालिन अञ्चल प्रहरी कार्यालय नारायणी बीरगंजका प्रमुख एसएसपी सर्वेन्द्र खनालले सक्रियता देखाए । पशु चिकित्सक बडालको अपहरणमा संलग्न पक्राउ परे । पक्राउ परेका उनीहरु अदालतको आदेशपछि जेल चलान भएसंगै गत महिना अघि मात्र उनको परिवारले काजकिरीया पनि गरेका छन् । अपहरण गरी हत्या गरिएको दुई वर्षपछि निजगढ– ९ का बडालको काजकिरिया भयो । अदालतको फैसलाबाट दोषीले सजाय पाएपछि बडालका आफन्तले साउन ३१ देखि कुशको शव बनाएर दाहसंस्कार गरी काजकिरिया सकेका छन् ।  मृतकका जेठा दाजु ध्रुव घरमा किरिया पुत्री बसेका थिए । ३५ वर्षीय पशु स्वास्थ्य प्राविधिक बडालको ०७० भदौ ३१ मा अपहरण गरी सिम्री जङ्गलमा गोली हानी हत्या गरिएको थियो । तर, मुद्दा फैसला नभएपछि उनीहरुले काजक्रिया गरेका थिएनन् ।
तर बडाल अपरहणको एक वर्ष अघि नै अपहरणमा परेका स्थानीयको बारे प्रहरी अझै टुंगोमा पुगेका छैनन् । गत वर्ष असोज २५ गते अपहरणमा परेका निजगढ गाविस ९ का इन्द्रप्रसाद चौलालाई र भिमलाल श्रेष्ठको अवस्थाबारे अझैसम्म प्रहरीले कुनै जानकारी दिन सकेको छैन । स्थानीय वकैया सामुदायिक वन उपभोक्ता समितिका वन हेरालु रहेका चौलागाई र उपभोक्ता श्रेष्ठ घाँस दाउरा गर्न जादा गाउँको पुर्वतर्फको जंगलबाट अपहरणमा परेका थिए । चार वर्षअघि तत्कालिन रतनपुरी गाविसका सचिव आस महम्मद अन्सारी र रौतहट फतुवाहर्साहाका कुखुरा व्यवसायी टेकनाथ पौडेल अपहरणकारीलाई १० लाख रुपैयाँ नगद बुझाएर मुक्त भएका थिए । अन्सारी र पौडेल पनि निजगढको पश्चिमपट्टीे तामागढी जंगलबाट अपहरणमा परेका थिए । अन्सारीको अपहरणमा बाहेक अन्य घटनाका मुख्य अभियुक्तलाई अहिलेसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।  
निरीक्षककै कमाण्ड
स्थानीयको दाबाब पछि डिएसपीले कमाण्ड सम्हालेको ईलाका प्रहरी कार्यालय निजगढमा कमाण्ड गर्न प्रहरी निरक्षक नै आईरहेका छन् । यस विचमा थोरै समय मात्र विताएर उनीहरु विदा सरुवा भएका छन् । त्यस्तै थोरै समय बोकेर दुई महिनादेखि निजगढ ईलाकाको कमाण्ड प्रहरी निरीक्षक राजन प्रसाद मैनालीले सम्हाल्दै आएका छन् । यस संगै अहिले निजगढका दुई वटै सुरक्षा निकायमा नयाँ अनुहार भित्रिएका छन् ।
 शसस्त्र प्रहरी बल बेस क्याम्प निजगढमा भर्खरै बेसपति भएर शसस्त्र प्रहरी नायब उपरिक्षक निरंकार शुक्ला आएका छन् । त्यस्तै ईलाका प्रहरी कार्यालय निजगढमा प्रमुख भई प्रहरी निरीक्षक मैनालीले जिम्मेवारी सम्हालिरहेका छन् ।  पुराना घटनाले जनतामा त्रास बाँकी छ भने तत्कालै भएका छिटपुट घटनाले ठुलो रुपमा लिन पनि सक्छ भन्ने आंशाका स्थानीयले गर्न थालेका बेला नयाँ प्रमुखद्धयको आगमन भएको छ ।
सधैजसो नयाँ प्रमुख आउँदा परिचयात्मक कार्यक्रम हुने ईलाका प्रहरी कार्यालयमा एक महिना बढी भईसक्दा समेत प्रहरी निरीक्षकले मैनालीले त्यो तामझाम गरेनन् । शुक्लाको आगमनसंगै शसस्त्र प्रहरी बल बेस क्याम्प निजगढमा भने बुधबार विजया दशमी तथा शुभदिपावलीको अवसर पारेर परिचयात्मक कार्यक्रमको आयोजना भयो ।
       कार्यक्रममा निम्ता गरि बोलाईका सहभागिले पुराना अपराधका फाईल पल्टाउन र भर्खरै भएका चोरीका घटनामा प्रहरीको भुमिका निष्कृय रहेको तितो टिप्पणी गरे ।
 निजगढ गाविसका निर्वतमान अध्यक्ष एक बहादुर श्रेष्ठले प्रहरी कार्यालयको छेऊबाट चोरी हुदा समेत प्रहरी उदाशिन बनेको आरोप लगाए । एमाओवादी नगर अध्यक्ष बेनी बहादुर मोक्तानले प्रहरी प्रमुख छिटो सरुवा हुने गरेकाले सुरक्षा प्रभाकारी हुन नसकेको बताए । नेपाल अपाङग संघ बाराका उपाध्यक्ष धनप्रसाद बजगाई लगायतले चाडबाँड नजिकिएसंगै अपराधिक घटना हुन सक्ने भन्दै सुरक्षा मजबुद बनाउन आग्रह गरेका छन् । महिला अगुवा सावित्री भारतीले चाँडबाडमा महिलाहरु बढी जोखिममा हुने भएकाले सुरक्षा रणनीति बनाउन आग्रह गरिन् ।
      कार्यक्रममा डिसपी निरंकार शुक्लाले थोरै साधन स्रोतलाई अधिकतम प्रयोग गरे अपराध न्यूनिकरण अभियानलाई निरन्तरता दिईने भन्दै अपराध समाजबाट नै हुे भएकाले समाज नै त्यसका लागि सबैभन्दा बढी सचेत हुनुपर्नेमा जोड दिए । ब्यक्ति आफुले पनि सुरक्षाका निम्ति प्रयत्न गर्नुपर्ने र सुरक्षाका उपाय अपनाउन समेत उनले आग्रह गरे ।
     ईलाका प्रहरी कार्यालय निजगढमा प्रमुख प्रहरी निरीक्षक राजन प्रसाद मैनालीले आफुहरु निजगढबासीको सुरक्षाको लागि कुनै कसर बाकी नराख्ने प्रतिवद्धता जनाए । समाजमा अपराधिक घटना न्यूनिकरण गर्नमा समाजको भुमिका सबैभन्दा महत्वपूर्ण हुने भन्दै सबैलाई बेलैमा सुचना दिएर सहयोग गर्न आग्रह समेत गरेका थिए ।
     कार्यक्रममा उद्योग वाणिज्य संघ निजगढका उपाध्यक्ष मुकुन्द लामिछाने लगायत स्थानीय ब्यवसायि, राजनीतिक दलका प्रतिनिधी र समाजसेवी, पत्रकारको समेत सहभागिता रहेको थियो ।

Post a Comment

 
Top