0
निजगढसमाचार, निजगढ
बाराको निजगढ–१० लालमा विश्व प्रसिद्ध बौद्ध धर्म गुरु खेन्टुल ग्यङखङ रिन्पोन्छे सोमबार आउनु भएको छ ।
दक्षिण भारत स्थित महेश्वर जिल्लाको नाम्ड्रेलिङ गुम्बाको प्रमुख समेत रहनु भएका रिन्पोन्छेले  लालमा रहेको पल्युल साम्तेलिङ गुम्बामा भक्तजनहरुलाई वाङ (अभिषेक) प्रदान गर्न आउनु भएको हो । 
धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित हुदै गएको लालमा सोमबार बिहान १०ः३० बजे हेलिकोप्टरमा मार्फत गुम्बामा आर्लिनु भएका रिन्पोन्छेले करिब डेढ घण्टा गुम्बामा विताउनु भयो । त्यस अवधिमा उहाँले सयौं भक्तजनहरुलाई वाङ प्रदान गर्नुभएको थियो । उहाँलाई चर्चित पाईटल एवं कलाकार विजय लामाले उडान गराउनु भएको हो ।
रिन्पोन्छेको वाङ प्रदान कार्यक्रमलाई  अन्य बिभिन्न गुम्बाहरु बाट आउनुभएका ५० जना भन्दा बढी र साम्तेलिङ गुम्बाका २० जना धर्म गुरुले सहयोग गर्नुभएको थियो । 
वाङ ग्रहण गर्नको निम्ति बारा, सहित पर्सा, रौतहट, मकवानपुर, चितवन, सलार्हि, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, मोरङ, सुनसरी, झापा, काठमाडौं र ललितपुर लगायतका जिल्लाहरुबाट हजारौं भक्तजनहरु गुम्बामा पुगेका थिए । 
पल्युल साम्तेलिङ गुम्बा निजगढ–१० लालका प्रमुख राम लामाका अनुसार भक्तजनले धर्म गुरुले वाङ प्राप्त गरेका छन् । कार्यक्रममा ईलाका प्रहरी कार्यालय निजगढ र सशस्त्र प्रहरी बल वेश क्याम्प निजगढको सुरक्षा टोलीले सुरक्षा र निजगढ नगरपालिका कार्यालयले ब्यवस्थापनमा सहयोग गरेको कुमार मोक्तानले बताउनु भयो । 

Post a Comment

 
Top