0
निजगढसमाचार, निजगढ
फोहोरबाट विद्युत निकल्ने घोषणा गरेका निजगढ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत विमल कुमार पोखरेल यतिबेला ल्याण्डफिल्ड साईडको खोजीमा लागेका छन् ।
डुमरवानामा कलैया, गढीमाई र निजगढ नगरपालिकाको संयुक्त फोहोर संकलन केन्द्र बनाएर त्यहा“बाट विद्युत निकाल्ने उद्देश्यले प्रकृया अगाडी बढेको दाबी गरेका कार्यकारी अधिकृत पोखरेल नेतृत्वको एक टोली ल्याण्डफिल्ड सार्ईडको खोजीमा लागेको छ ।
केहि दिन अघि पोखरेल सहित राजनीतिक दलका नेताहरुको एक टोलीले साविक रतनपुर गाविसमा पुगेर सम्भावित ठा“उहरु निरीक्षण गरेको थियो ।
टोलीमा निजगढ नगरपालिका कार्यालयका सुचना अधिकारी नविन खनाल सहित नेपाली कांग्रेसका निजगढ सभापति महेशी क“ुमर, नेकपा एमालेका निजगढ नगर संयोजक दिलबहादुर थि·, एमाओवादी निजगढ नगर अध्यक्ष बेनी बहादुर मोक्तान, नेकपा क्रान्तिकारी माओवादीका निजगढ नगर संयोजक रबिराज दंगाल, राप्रपा नेपालका नगर अध्यक्ष बासुदेव तिमल्सिना लगायत रतनपुरीका धन बहादुर खुलाल सहभागि थिए  ।
ल्याण्डफिल्ड साईड खोज्न जाने विषयमा नेताहरुलाई छलफलका लागि बोलाईएपछि सहभागिहरुको विचमा फोहोरबाट विद्युत निकाल्ने योजना कहा“ पुग्यो भनेर चर्चा भएको थियो ।
नेकपा एमालेका नगर संयोजक दिल बहादुर लामाले फोहोरबाट विद्युत निकाल्ने योजना अन्र्तगत नभई फोहोर थुपार्नको लागि मात्र ल्याण्डफिल्ड साईडको निरीक्षण गरिएको जानकारी दिए । विद्युत निकाल्ने योजना त कहा“ पुग्यो थाहा“ छैन, सबै कुरा कहा“ पुरा हुन्छ र ?–नेता लामाले भने ।

Post a Comment

 
Top