0

निजगढसमाचार,निजगढ, २३ बैशाख
निजगढ नगरपालिकाको दोस्रो वार्षिक उत्सवको अवसरमा आज आयोजित मैत्रीपूर्ण
फुटवल प्रतियोगिता राजनीतिक दलले जितेको छ । कर्मचारी विरुद्ध राजनीतिक दलले ० का विरुद्ध २ गोल गरेका हुन् ।
    पत्रकार र उद्योग वाणिज्य संघ सम्मेलित राजनीतिक दलको टिमको लागि पत्रकार जितलाल श्रेष्ठले पहिलो गोल गरेका थिए । त्यस्तै राप्रपा नेपालका युवक संघका नेता विनोद भारतीले थप एक गोल गरेका हुन् । पहिलो हाप गोल रहित बराबरी सकिएको थियो ।
   निजगढ–८ खयरघारी खेल मैदानमा भएको प्रतियोगिता निजगढ नगरपालिकाले आयोजना गरेको हो । राजनीतिक दलको नेपाली कांग्रेसका नगर सभापति महेसी कुमर र कर्मचारीको नेतृत्व कार्यकारी अधिकृत विमल कुमार पोखरेलले गरेका थिए ।

Post a Comment

 
Top