0
निजगढसमाचार, निजगढ
बाराको निजगढ नगरपालिका–६ सडकटोलस्थित गौरीशंकर उच्च माध्यमिक विद्यालयमा नियम मिचेर विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष चुनिएको खुलासा भएको छ । शिक्षा नियममावलीलाई कुल्चिदै विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा गोविन्द प्रसाद सापकोटालाई अध्यक्षमा चुनिएको हो ।
उच्च माध्यमिक विद्यालयको अध्यक्ष हुन शिक्षा नियमावलीमा कक्षा १२ उर्तिण हुनुपर्ने ब्यवस्था भए पनि सहमतिको नाममा एसएलसी समेत उर्तिण नगरेका सापकोटालाई अध्यक्षमा चुनिएको हो ।
विद्यालयको एक महिना अघि सम्पन्न अभिभावक भेलामा अध्यक्षको लागि ११ जनाले दाबी गरेका थिए ।
भेलाको बन्द शत्रमा सहमातिको लागि प्रयास गर्दा ५ जनाको समर्थनमा सापकोटा अध्यक्षमा चुनिएको जिल्ला शिक्षा कार्यालय बारा अन्र्तगत निजगढ केन्द्रका स्रोत ब्यक्ति इन्द्रदेव प्रसाद चौधरीले बताए ।
‘मैले शैक्षिक योग्यताको विषयमा कुरा राखेको थिए“,’ चौधरीले भने–‘सबै अभिभावकको सहमति छ तपाईले हस्ताक्षर गर्नुपर्छ भनेपछि म बाध्य भए“ ।’ सहमतिको नाममा नियम मिचेर समिति गठन गर्दा भोली कसैले उजुरबाजुर ग¥यो भने समिति बदर हुने स्रोत ब्यक्ति चौधरीले बताए ।
दिउसो देखि भेलाको आयोजना गरिए पनि रात पारेर अभिभावकको संख्या न्यून भएको बेलामा योजनावद्ध रुपमा सापकोटालाई अध्यक्षमा ल्याईएको स्थानीय अभिवकले बताएका छन् ।
अध्यक्ष बनाउन प्रअ प्रभाव
सरकारी विद्यालयहरु समुदायमा हस्तान्तरण भए पछि विद्यालयको सबै निर्णय गर्ने अधिकार विद्यालय ब्यवस्थापन समितिमा केन्द्रित भएको छ । लामो समयदेखि विद्यालयको प्रार्चाय चलाउदै आएका यादव कुमार तिमल्सिनाले आफु अनुकुलको विद्यालय ब्यवस्थापन समिति बनाउन सफल हुदै“ आएका छन् । यो वर्ष पनि ब्यवस्थापन समिति चयन प्रकृयामा प्रार्चाय तिमल्सिनाले प्रत्यक्ष दवाब सृजना गरेको स्रोतले जनाएको छ ।
धेरै पढेका अध्यक्ष बनाउ“दा आफुले भनेजसरी विद्यालयमा शिक्षक नियुक्ति, छात्राबृत्ति वितरण, भौतिक पूर्वाधार निर्माण र अनुदान खर्च गर्न नपाउने भएकाले आफु अनुकुलको अध्यक्ष बनाउनको लागि प्रार्चाय तिमल्सिना आफै सक्रिय हुने गरेको स्थानीय अभिभावकहरुले गुनासो गरेका      छन् ।
प्रर्चाय तिमल्सिनाले आफु अनुकुलको ब्यवस्थापन समिति गठन गरेर विभिन्न मितिमा आफ्नो मान्छेलाई जागिर खुवाएको स्थानीयको आरोप छ ।
विद्यालयका पूर्व विद्यार्थी रबिराज दंगालले सामाजिक संजालमा विद्यालयमा एकलौटी राजनीति भएको टिप्पणी गरेपछि यो विषयले अहिले चर्चा पाएको छ ।
दंगालले फेसबुक मार्फत श्री गौरीशंकर उ.मा.वि. सडकटोल–६ (निजगढ) मा केही महिना पहिले विद्यालय व्यवस्थापन समिति गठन गर्दा शिक्षा नियमावली अनुसार व्यवस्थापन समितिको अध्यक्ष बन्न अभिभावक हुनुपर्नी, उच्च शिक्षा अध्ययन गरेको हुनु पर्नी र आम अभिभावकले रुचाईएको हुनु पर्नी तर विहान देखि विवाद भयो अन्तमा मात्र त्यो सबै अभिभावकलाई झुक्याउनी खेल भएछ बल्ल हिजो पो थाहा भयो त्यहा समिती बन्दा नियमावली मिचेर राम्रो भन्दा नि हाम्रो मान्छे नियुक्त्ति गरिएछ ।
अब झन शैक्षिक माफियालाई सजिलो हुनि भो ! गरि खाउ तिम्रै विर्ता हो भने टिप्पणी गरेका थिए ।
उनको टिप्पणीमा १९ जनाले प्रतिकृया दिदै“ शैक्षिक विकृती बढ्नु दुःखद् भएको भन्दै चिन्ता ब्यक्त भएका छन् ।

Post a Comment

 
Top