0

निजगढसमाचार, निजगढ, २५ बैशाख
बाराको निजगढ–८ स्थित गौरी शंकर उच्च माध्यमिक विद्यालयको भुकम्पले भत्काएको भवनको ठाउँमा नयाँ भवन बनाउन शिलन्यास गरिएको छ । नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा विभागद्धारा उपलब्ध गराईएको ८ कोठे दुई तले विद्यालय भवनको आज एक कार्यक्रमका विच शिलान्यास गरिएको हो ।
    शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले भुकम्पले क्षति पु¥याएको भवनको अवलोकन गर्दै भवन निर्माण गर्ने जिम्मा मेरो भयो भन्दै प्रतिवद्धता जनाएका थिए । शिक्षा मन्त्री पोखरेल मार्फत विद्यालय भवन निर्माण गर्न ६० लाख बजेट उपलब्ध भएको छ । असार मसान्त भित्र पहिलो तलाको ४ कोठे भवन निर्माण सम्पन्न गर्नुपर्ने छ । 
  भवनको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगाना, स्थानीय बिकास अधिकारी नारायण प्रसाद पाण्डे र जिल्ला शिक्षा अधिकारी धन प्रसाद पोखरेलले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र प्रसाद उप्रेती, शसस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय बाराका शसस्त्र प्रहरी उपरिक्षक मोहनसिंह केशी, निजगढ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत विमल कुमार पोखरेल, निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश कुमार खनाल लगायत राजनीतिक दलका नेताहरुको विशेष सहभागिता रहेको थियो । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण नेपालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत ब्यवस्थापन समितिका सदस्य केदार प्रसाद गौतमले गरेका थिए ।
२०७२ साल बैशाख १२ गते को बिनाशकारी भुकम्पले काम नलाग्ने गरि क्षति भए पछि भवनको अभावमा दुई सिफ्टमा कक्षा संचालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रार्चाय सुदर्शन प्रसाद कोईरालले बताए । 




तस्वीर सौजन्य ः अजय लामा

Post a Comment

 
Top