0
निजगढसमाचार, निजगढ, २६ बैशााख
सरकारले काठमाडौं-तराई द्रुत मार्ग (फास्ट ट्याक) स्वदेशी पुँजीमै निर्माण गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै फास्ट ट्र्याक स्वदेशी लगानीमै निर्माण थालिने बताएकी हुन् ।
  काठमाडौं र निजगढ जोड्ने ७६.२ किलोमिटर लामो मोटर बाटो भारतीय कम्पनीलाई दिने तयारी गरिएको थियो । भारतीय कम्पनीले यो बाटो निर्माण गर्न निकै ठूलो लागत लाग्ने बताएपछि सरकार त्यसप्रति रुष्ट भएको थियो ।
  सन् २००८ मा यो बाटो ५६ अर्बमा बन्ने प्रस्ताव गरिएको थियो । दोस्रो पटकको ठेक्कामा सन् २०१४ मा ९६ अर्ब लाग्ने अनुमान गरियो । तर, अहिले १ खर्ब १२ अर्ब लाग्ने अनुमान गरेको थियो । सरकारले नै बनाउँदा ८० अर्ब रुपैयाँको हाराहारीमा यो सडक बनाउन सकिने अनुमान गरिएको छ ।

Post a Comment

 
Top