0

निजगढसमाचार, निजगढ, ३० बैशाख
लामो समयको खडेरीलाई चिर्दै बाराको निजगढमा आज विहान मुसलधारे वर्षा भएको छ । करिब दुई घण्टा लगातार भएको वर्षा अहिले रोकिने क्रममा छ । खडेरीका कारण चिन्तित बनेका किसानमा वर्षाले राहत मिलेको छ । गर्मीले आहात भएका स्थानीयलाई वर्षाले सितलता प्रदान गरेको छ ।यहाँका स्थानीयले वर्षा नभएको भन्दै केहि दिन अघि जलयात्रा समेत गरेका थिए ।
वर्षाका कारण विभिन्न ठाँउमा जलमग्न भएको छ । नालामा पानी भएिको छ राजमार्ग र सडकहरुमा पानी जम्दा आवतजावतमा भने समस्या भएको छ । पानी जमेका कारण बालबालिका तथा बृद्धबृद्धालाई हिड्न कठिनाई भएको छ ।





Post a Comment

 
Top