नेपालमा सहमतिको नाममा धेरै कुरा भएका छन् । पटक–पटक संविधानको म्याद थपियो । बाहालवाला प्रधानन्यायधित मन्त्रीपरिषद् अध्यक्ष बने । यी राजनीतिक खेलका कुरा हुन् । यी बाहेक पनि हाम्रो समाजमा सहमातिको नाममा, ब्यवहारिकताको नाममा थुप्रैं काम भएका छन् । १५ वर्षिय किशोरीसंग सहमतिमा यौन सम्बन्ध कायम हुन्छ ।
सहमति र नियम–कानुन एकै हुन त ? सहमतिको नाममा हामीलाई जे गर्न पनि छुट छ ? पक्कै पनि छैन् । कानुन भन्दा माथि हामी कसरी हुन सक्छौं ? यदि कानुन÷नियम नमान्ने हो भने सहमतिमा नै सबै कुरा सम्भव हुने भए अखिर किन चाहियो कानुनहरु ?
पहिलो संविधानसभा विघटन भयो र पुनः दोस्रो संविधान सभाको निर्वाचन भई त्यहि संविधान सभाबाट संविधान बनेको छ । अहिले त्यसै अनुसार कानुन निर्माण हुने क्रममा छ । पहिलो संविधान सभाको आयु सहमतिको नाममा पटक–पटक बढाईन्थ्यो सहमतिको नाममा । तर जब सर्वोच्चले फैसला सुनायो कि अब अन्तिम पटक भन्दा बढी ग¥यो भने स्वतः विघटन हुन्छ । नभन्दै तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान सभा विघटन गरे ।
१५ वर्षिय कुनै किशोरीसंग सहमतिमा समेत यौंन सम्बन्ध राख्न पाईदैन् । यी सबै कुरा कानुन र नियम हुन् । जुन सबैभन्दा माथि हुन्छ । सबैले पालन गर्नुपर्छ ।
गत फागुन महिनामा बाराको निजगढ नगरपालिका–६ सडकटोलस्थित गौरीशंकर उच्च माध्यमिक विद्यालयमा सहमतिमा ब्यवस्थापन समिति चुनियो । जुन आवश्यक नियम÷कानुन भन्दा फरक थियो । नियम मिचेर विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष चुनिएको थियो । यस विषयमा ढिलो गरि भए पनि हामीले खुलासा ग¥यौं । जसलाई अहिले प्रायोजित भन्दै सहमतिमा भएको कुरालाई विरोध गर्न नहुने कुरा अहिले गरिदै छ । शिक्षा जस्तो क्षेत्रमा नियम–कानुनको कार्यान्वयन गरिदैन भने हामीले कहाँ आशा गर्ने ? कानुन विपरित चुनिएको समितिको बदर गरि कानुन सम्मत समिति निर्माण गरियोस् । नभुलौं, नियम–कानुनको सम्मान गर्नु हामी सबैको कर्तब्य हो ।
Post a Comment
Post a Comment