0
निजगढसमाचार, निजगढ
लायन्स क्लब अफ निजगढ पिसको प्रेसिडेन्टमा विकाश लामा चयन भएका छन् ।
स्थापना भएको एक वर्षमा नै प्रेसिडेन्ट फेरिएको हो । यस अघि चाटर्ड प्रेशिडेन्ट पदम प्रसाद तिमल्सिना (बलराम) पदम तिमल्सिना प्रेसिडेन्ट थिए ।
लायन्सको पहिलो वाषिर्क अधिवेशनबाट प्रथम उपाध्यक्षमा मनोज भारती, दृतिय उपाध्यक्षमा खड्ग प्रसाद उप्रेती, तेश्रो उपाध्यक्षमा रविराज दंगााल, सचिवमा पवन श्रेष्ठ, सह–सचिवमा विनोद घिमिरे र कोषाध्यक्षमा अल्का पोखरेल र नागरिक समन्वय प्रमुखमा जितलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् ।
कार्यक्रममा क्षेत्रीय संयोजक दाजु विनोद भारती र डिस्ट्रिक मेम्वर प्रभात सिग्देलको विशेष उपस्थित रहेको थियो ।

Post a Comment

 
Top