0
निजगढसमाचार, निजगढ
२०७२ बैशाख १२ र २९ गते आएको भुकम्पले निजगढ–८ बजार स्थित गौरीशंकर उच्च माध्यमिक विद्यालयको एउटा भवन काम नलाग्ने गरि क्षति पु¥यायो ।
भुकम्पले देशभरिका हजारौ विद्यालयमा क्षति पुग्यो । अझैं पनि धेरै विद्यालय त्रिपाल मुनि संचालनमा छन् । हावाहुरी र वर्षामा कसरी कक्षा संचालन गर्नें भन्ने चिन्ता छ ।
तर निजगढको सौभाग्य कस्तो भयो भने भुकम्पले क्षति पुगेको विद्यालय भत्काएर धमाधन बनाउन थालिसकिएको छ । त्यतिमात्र हैन् पहिलो तल्लाको ४ वटा कोठा असार मसन्त भित्रै तयार हुने भएको छ ।
यस्तो कसरी सम्भव  भयो ? 
माघ पहिलो साता शिक्षा मन्त्री गिरीराजमणी पोख्रेल प्रदेश नम्बर २ अन्र्तगत पर्सादेखि सप्तरी सम्मका ८ जिल्लाका जिल्ला शिक्षा अधिकारी र सांसदहरुसहित यहि विद्यालय आईपुगे । प्रदेश अन्र्तगतका जिशिअसंगको अन्र्तकृया कार्यक्रम गर्न उनी विद्यालय पुगेका थिए ।
कार्यक्रममा मन्त्री पाखरेलले होटलमा नराखेर आफुले भुकम्पबाट क्षति भएको विद्यालयमा कार्यक्रम राख्नुको उद्देश्य प्रष्ट पार्दै मन्त्री पोखरेलले विद्यालयको निरीक्षण गरेपछि त्यसलाई भत्काउनु पर्ने अवस्था रहेको प्राविधिकहरुले समेत बताएका थिए ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण नेपालले  विद्यालयको ४२ औं जन्मजयन्ती तथा ४१ औं अभिभावक दिवसको प्रमुख अतिथिको रुपमा निम्त्याउँदै पत्र दिए । पत्रमा विद्यालय भवन निर्माण आवश्यक रहेको उल्लेख गरेका थिए ।
मन्त्री पोखरेलले पत्र बुझ्दै कार्यक्रममा आउन नसक्ने प्रष्ट पार्दै औपचारिक कार्यक्रममा आफु सहभागि नहुने जनाए ।
औपचारिक कार्यक्रममा  नआउने भनेपछि खिन्न भएका विद्यालय परिवारलाई उनले भवन बनाउने जिम्मा मेरो भयो भन्दै प्रतिवद्धता जनाए । मन्त्रीको प्रतिवद्धता अनुसार शिक्षा मन्त्रालय हुदैँ शिक्षा विभागद्धारा उपलब्ध गराईएको ६० लाख बजेट उपलब्ध भयो ।

Post a Comment

 
Top