0
निजगढसमाचार, निजगढ, ३० बैशाख
बाराको निजगढमा आजबाट वैज्ञानिक वन व्यवस्थापन सम्बन्धि दुई दिने गोष्ठी सुरु भएको छ । प्रस्तावित बकैया नागमणी सामुदायिक वन उपभोक्ता समुह निजगढ–८ को आयोजनामा उद्योग वाणिज्य संघ निजगढका सभा हलमा अहिले गोष्ठि संचालन भईरहेको हो ।
गोष्ठिमा नागमणी सामुदायिक वन उपभोक्ता समुह, बकैया सामुदायिक वन उपभोक्ता समुहका अगुवा तथा निजगढ क्षेत्रका सामुदायिक वन समुहका पदाधिकारी सहभागि रहेको गोष्ठिमा जिल्ला वन कार्यालय बाराका प्राविधिकहरुले प्रशिक्षण दिईरहेका छन् ।
यसैविच गोष्ठिको उद्घाटन सत्रमा जिल्ला वन अधिकृत जीवन ठाकुरको प्रमुख आतिथ्यता र बकैया सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पुरुषोत्तम धितालको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा निजगढ नगरपालिका कार्यकारी अधिकृत बिमल कुमार पोखरेल, सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी प्रसाद बजगाई, निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश कुमार खनाल, महिला समन्वय समिति बाराका उपाध्यक्ष श्री सावित्रीदेवी भारती, नेपाली कांग्रेस निजगढ नगर सभापति श्री महेसी कुमर, नेकपा एमाले निजगढ नगर संयोजक दिल बहादुर लामा, एनेकपा माओवादी निजगढ नगर अध्यक्ष श्री बेनी बहादुर मोक्तान, राप्रपा नेपाल निजगढ नगर अध्यक्ष श्री बासुदेव तिमल्सिनाले बोलेका थिए । समुहका कोषाध्यक्ष रविराज दंगाल कार्यक्रम संचालन रहेको कार्यक्रममा नागमणी सामुदायिक वनकी कोषाध्यक्ष दुर्गा कोईरालाले स्वागत मन्तब्य ब्यक्त गरेकी थिईन् ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का निजगढ नगर प्रतिनिधि रामप्रसाद पाण्डे, राष्ट्रिय मधेष समाजवादी पार्टी निजगढ नगर अध्यक्ष मोजहर मंसुर, उद्योग वाणिज्य संघ निजगढ शाखा उपाध्यक्ष प्रमोद सिग्देल, नेपाल रेडक्रस सोसाईटी उपशाखा निजगढ सभापति कृष्ण खरेल, निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अध्यक्ष एमबहादुर खड्का, सेक्टर वन कार्यालय तामागढीका प्रमुख देवेन्द्र महत्तो, लायन्स क्लब अफ निजगढ पीसका अध्यक्ष पद्म तिमल्सिना, तपोवन अध्ययन केन्द्रकी अध्यक्ष मिना लामा लगायतको सहभागिता रहेको थियो ।

Post a Comment

 
Top