0
निजगढसमाचार, निजगढ, १ जेठ
आफ्नो माग पुरा गराउन दबाब दिने उद्देश्यले सिहंदरबार केन्द्रित आन्दोलन थालेको संघीय गठबन्धनको कार्यक्रममा सहभागि हुन निजगढबाट संघीय समाजवादी फोरमका नगर अध्यक्ष बुद्धिमान घिसिङ्ग नेतृत्वको टोली काठमाण्डौं हिडेको छ ।
शनिबार विहान टामासुमो चढेर संघीय समाजवादी फोरमका निजगढका नगरपालिकाका नेताहरु काठमाण्डौं हिडेका हुन् । उनीहरु दिउँसो काठमाण्डौंमा हुने जन प्रर्दशनमा सहभागि हुने र भोली सिंहदबार घराउ कार्यक्रममा सहभागि हुने छन् ।
टोलीमा निजगढ नगर अध्यक्ष घिसिङ्ग सहित नगर सचिव बिजय कुमार लामा, सदस्यहरु सुरेश रुम्बा, पदमसिंह लोप्चन, धनबहादुर थापा मगर, प्रेम बहादुर अर्चना मगर, विरबहादुर कटवाली मगर सहभागि छन् ।
जनप्रर्दननमा संघीय समाजवादी फोरम नेपाल सहित मधेस केन्द्रिय दल, संघीय गठबन्धन आदिवासी जनजाती संघ, संगठन आवद्ध हुने छन् । चार महिना लामा मधेस केन्द्रिय आन्दोलन गर्दा समेत सरकारले माग सम्बोधन नगरेको भन्दै काठमाण्डौं केन्द्रित आन्दोलन थालेको हो ।

Post a Comment

 
Top