0
१० महिना पछि लिखित परीक्षा हुदैँ (तालिका सहित)

निजगढसमाचार, निजगढ
निजगढ नगरपालिका कार्यालयले कर्मचारी छनौटमा ढिलाई गरेको छ । कर्मचारी आवश्यकता सम्बन्धि सुचना प्रकाशित भएको १० महिना पछि बल्ल परिक्षा हुन लागेको छ ।
निजगढ नगरपालिकाको पदपूर्ति समितिले गत भदौ २५ गते गोरखापत्र दैनिकमा सुचना प्रकाशित गरि कर्मचारी माग गरेको थियो । त्यसको ९ महिना पछि बैशाख २८ गते सुचना प्रकाशित गरि असार पहिलो साता लिखित परीक्षा लिन लागेको हो ।
१/२०७२/०७३ खुलातर्फ सहायक चौथो, प्रशासन प्रथमपत्रको परीक्षा असार ५ गते गर्न लागेको    हो । त्यस्तै विज्ञापन नं. २/२०७२/०७३ महिलातर्फ सहायक पाचौं द्धितृय पत्रको परीक्षा असार ६ गते, तृतिय पत्रको असार ७ गते परीक्षा हुन लागेको हो ।
  त्यस्तै विज्ञापन नं. ३/२०७२/०७३ सहायका स्तर चौथो, प्रशासन प्रथमपत्रको असार ८ गते,  विज्ञापन नं.४/२०७२/०७३ महिलातर्फ सहायक चौथो द्धितृयपत्र असार ९ गते र विज्ञापन नं. ५/२०७३/०७४ आदिवासी÷जनजातीतर्फ तृतीयपत्रको असार १० गते परीक्षा हुन लागेको हो ।
निजगढ–८ बजारस्थित गौरीशंकर उच्च माध्यमिक विद्यालयमा तय गरिएको परीक्षा केन्द्रमा विहान ८ बजेदेखि परीक्षा संचालन गर्ने नगरपालिकाले तयारी गरेको छ ।
विज्ञापनमा ४ सय ६० जना भन्दा बढीले आवेदन दिएको   छ । परीक्षा तयारीको लागि लोकसेवा तयारी कक्षा संचालन गरेको थियो ।
सुचना प्रकाशित भएको लामो समय भईसक्दा पनि परीक्षा संचालन नभएको भन्दै नगरपालिकाको आलोचना भईरहेको थियो । आफ्ना मान्छेलाई भित्रभित्रै सेटिङ्ग गर्न परीक्षा नदिएको निवेदनकहरुले आरोप लगाईरहेका छन् ।
लोकसेवा आयोगको बहानामा भित्रभित्रै सेटिङ्ग गर्ने योजना हुन सक्ने यहाँका एक राजनैतिक दलका शिर्ष नेताले आशंका ब्यक्त गरेका छन् ।

Post a Comment

 
Top