0
निजगढसमाचार, निजगढ
बकैया नागमणी सामुदायिक वन उपभोक्ता समुहको प्रथम संयुक्त साधारण सभा सोमबार सम्पन्न भएको छ ।
साधारण सभाले विधान, कार्ययोजना तथा वैज्ञानिक वन व्यवस्थापन सम्बन्धि नीति–कार्ययोजना पारित गरेको छ ।
साधारण सभासंगै बकैया सामुदायिक वन उपभोक्ता समुह र नागमणी महिला सामुदायिक वन उपभोक्ता समुह निजगढ नगरपालिका वडा नं. ८ एकिकरण भएको छ । दुबै वन समुह विच एकिकरण गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको हो । साधारण सभाले दुबै वन समुहको आ.व. २०७०÷७१ र २०७१÷०७२ को आर्थिक प्रतिवेदन समेत पारित गरेको छ ।
२०७३ वैशाख ०९ गते बसेको संयुक्त कार्यसमिति बैठकको निर्णय अनुसार सामुदायिक वन समुह बिच एकिकरण सहित प्रथम संयुक्त साधारण सभा गर्ने निर्णय अनुसार जिल्ला वन कार्र्यालय बाराका जिल्ला वन अधिकृत जीवन कुमार ठाकुरले गमलामा जलसेरचन गरि साधारण सभाको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला वन अधिकृत ठाकुरले निजगढको सबैभन्दा ठुलो सामुदायिक वन उपभोक्ता समुहमा बैज्ञानिक वन ब्यवस्थापन लागु भई सफल भएमा विश्वमा नै यसको चर्चा हुने भन्दै यसलाई सफल पार्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा निजगढ नगरविकास समितिका अध्यक्ष सरेश खनालले बैज्ञानिक वन ब्यवस्थापन चुनौतीपूर्ण रहेको बताए ।
त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी प्रसाद बजगाईले वन संरक्षण गर्दै समुदायको विकासमा सामुदायिक वनले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा बारा क्षेत्र नं. ६ का संविधान सभा निर्वाचनका निकतम प्रत्यासी शम्भु बहादुर बुढाथोकी, नेपाली कांग्रेस निजगढ नगर सभापति महेसी कुमर, नेकपा एमालेका जिल्ला सदस्य नारायण प्रसाद गौतम, एमाओवादी निजगढ अध्यक्ष बेनी बहादुर मोक्तान, राप्रपा नेपालका खड्ग प्रसाद उप्रेती, उद्योग वाणिज्य संघद्ध निजगढका अध्यक्ष टेक बहादुर लामा, निजगढ खानेपानी संस्थाका अध्यक्ष यमबहादुर खड्का, नेपाल रेडक्रस उपशाखा निजगढका सभापति कृष्ण खरेल, लायन्स क्लब अफ निजगढ पीसका अध्यक्ष पदम तिमल्सिना, तपोवन अध्यन केन्द्रकी अध्यक्ष मिना लामा लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष दुर्गा कोईरालाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन र संचालन कोषाध्यक्ष  रबिराज दंगालले गरेका थिए । कार्यसमिति चयन हुन सकेन्
समुहको संयुक्त साधारण सभाले नयाँ कार्यसमिति भने चयन गर्न सकेन् । सर्वसम्मत नेतृत्व चयनमा सहमति जुट्न नसक्दा जेठ २५ गते निर्वाचन हुने भएको छ । जेठ १८ गते अन्तिम मतदाता नामावली र मतदाता सुचि सार्वजनिक गर्ने निर्वाचन समितिका सदस्य हिमेर घिमिरेले जानकारी    दिए ।
१५ सदस्यि कार्यसमितिको लागि एक सय ५ जनाले नाम प्रस्ताव गरेका थिए । समितिको अध्यक्षमा भने कार्यसमितिकै अध्यक्ष पुरुषोत्तम धिताल, कोषाध्यक्ष रबिराज दंगाल, सदस्य रामप्रसाद ओझा आकाक्षि देखिएका थिए । प्रस्ताव गरिएको एक दर्जन सुचिमा दंगालको नाम उल्लेख रहेको निर्वाचन टोलीका एक सदस्यले बताए ।
कांग्रेसले धिताललाई अघि सारेको हो । त्यस्तै एमालेले ओझालाई अघि सारेको छ । दंगालले भने आफुले वनलाई बैज्ञानिक वन ब्यवस्थापन मार्फत विकास गर्न लागि परेकाले आम उपभोक्ताको  चाहना अनुरुप आफुले दाबि गरेको भन्दै वन जस्तो संवेदनशिल क्षेत्रमा  पंक्ष विपक्षमा विभाजित नभई सर्वपक्षिय सहमतिमा समिति निर्माण नभए सिंगो समुदायलाई नै ठुलो घाटा हुने भन्दै अकाक्षि दुवै संग नेतृत्व आफुलाई दिन माग गरेका बताएका छन् ।  युवा तथा प्रविधि बुझेको र बैज्ञानिक वन ब्यवस्थापन कार्ययोजना बनाउन सक्रिय भएको र प्रयाप्त समय दिन सक्ने भएकाले दंगाललाई उपभोक्ताले रुचाएका बुझिएको छ ।
तीन पटक सम्म सहमतिको लागि समय दिए पनि सहमति जुट्न नसकेको निर्वाचन टोलीका संयोजक भोला प्रसाद गौतमले बताए । समितिको अध्यक्षको लागि राजनैतिक सहमतिको लागि  पहल भए पनि सफल भएन् । कांग्रेस सभापति महेसी कुमर, नेकपा एमालेका दिलबहादुर लामा, माओवादीका कुमार लामा योञ्जन विच छलफल भए पनि निश्कर्ष निस्केन् ।
‘सहमतिको लागि हामी लचक हुन तयार छौं, तपाईहरु पनि त्याग गर्न तयार हुनुस् भनेका थियौं,’ सभापति कुमरले भने–एमालेका साथीहरुले मानेनन् । अध्यक्षमा कांग्रेसले धिताललाई निरन्तरता दिन चाहेको भए पनि सहमतिमा जाने हो योग्यताको आधारमा नेतृत्वमा ब्याक हुन सक्ने संकेत दिएको थियो । एमाले निजगढ संयोजक दिल बहादुर लामाले सहमतिको लागि पहिला छलफलमा बसौं भन्दा नबस्ने अन्तिममा आएर आफुहरुलाई मात्रै त्याग गर्नु पर्ने कुरा मान्य नहुने    बताए । अन्तिम छलफलका क्रममा एमालेबाट अघि सारिएका ओझाले आफुले नछाड्ने अड्डी लिएका    थिए । अधिकांश उपभोक्ता घर फर्किसकेकाले सहमतिको नाममा नेतृत्व ल्याउँदा समस्या आउने भन्दै उनी पन्छिएका थिए ।
माओवादीका कुमार लामाले सबैंको साझा उम्मेदवारको रुपमा रबिराज दंगाललाई अघि सारिएको बताए । ‘रबिजीको पक्षमा माहौल बनेको छ, उपभोक्ताहरुले युवा, प्रविधि बुझेको र वनमा समय दिन सक्ने ब्यक्ति खोजिरहेको सुनाए ।
‘हामी सहमतिको लागि छलफलमा छौं,’ धितालले भने–२५ गते अघि नै सहमति भई समुहले सर्वसम्मत नेतृत्व पाउने मेरो विश्वास छ ।

Post a Comment

 
Top