0
निजगढसमाचार, निजगढ
मिटरको आधारमा घर नम्बर कायम गरिने प्रणाली अब बाराको निजगढमा पनि लागु गर्ने तयारी निजगढ नगरपालिका कार्यालयले सुरु गरेको छ ।
कार्यालयले पहिलो चरणमा वडा नं. ९ लाई चयन गरेर काम सुरु गर्न लागेको हो । कार्यालयले आज स्थानीय राजनैतिक दलका प्रमुख, पत्रकार र सम्बन्धित वडाका टोल सुधार समितिका पदाधिकारीलाई यस बारे जानकारी दिने कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमका सहजकर्ता भानुभत्त थपलियाले सहभागिहरुको जिज्ञासाको जवाफ दिएका थिए । एक हप्ता भित्र वडाभित्रको सडकको बुझेर त्यसलाई गल्ली, पथ, मार्ग र सडक छुट्याएर मिटरका आधारमा घर नम्बर प्रदान गरिने कार्यालयले जनाएको छ ।
यस्तो प्रणाली अनुसार नगर भित्र रहेका गल्ली, पथ, मार्ग र सडकहरुको नामाकरण गरिने      छ । नामाकरण पछि त्यसको उद्गम स्थलबाट मिटरले नाप्दै जादाँ घरको गेटमा जति दुरी पुग्छ त्यहि नम्बर नै घर नम्बर कायम हुने प्रणाली मेट्रिक प्रणाली हो । यो प्रणालीमा दायाँ/बायाँलाई जोड र बिजोर नम्बर दिईन्छ ।

Post a Comment

 
Top