0
निजगढसमाचार, निजगढ, ५ जेठ
मृगौला पीडित बालकको उपचारको लागि बैदेशिक रोजगारीका क्रममा बहराईनमा रहेका गोविन्द कार्कीले आर्थिक सहयोग गरेका छन् । कार्कीका साथी राप्रपा नेपाल निजगढका सचिव खड्ग प्रसाद उप्रेती मार्फत १० हजार ५९ रुपैया आर्थिक सहयोग गरेका हुन् । निजगढका ८ वर्षिय बालक टासी लामा योन्जनको उपचारको लागि प्राप्त रकम निजगढसमाचार साप्ताहिकको कार्यालयमा आज एक कार्यक्रमका सहयोग संकलन अभियानको टोलीलाई हस्तान्तरण गरिएको छ । उप्रेतीले अभियानका रबिराज दंगाल र विदुर खड्कालाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
     निजगढसमाचारमा ‘किड्नी पिडित बालकलाई सहयोगको अपिल’ शिर्षकमा प्रकाशित समाचार सामाजिक संजाल फेसबुक मार्फत उप्रेतीले सेयर गरे पछि कार्कीले सहयोग रकम उप्रेती मार्फत पठाएका थिए । ‘सेयरमा कमेन्ट लेख्दै म पनि सहयोग गर्छु भन्दै टेलिफोनमा कुरा गरेर रेमिट मार्फत रकम पठाई दिनु भयो ।’, उप्रेतीले भने–उहाँ कामको सिलसिलामा ८ वर्ष देखि बहराईन बस्दै आउनु भएको छ । बहराईनमा उहाँसंग मैले पनि संगै काम गर्ने मौका पाएको थिएँ ।

Post a Comment

 
Top