0
निर्वाचनमा कार्की प्यानलको बर्चस्व 


निजगढसमाचार, निजगढ
तराई यातायात ब्यवसायि संघको निर्वाचनमा निजगढलाई घाटा भएको छ ।
सोमबार सार्वजनिक मत परिणाम अनुसार संघको सदस्य पदका निजगढका ट्रक ब्यवसायिहरु पराजित भएका छन् ।
निजगढका ब्यवसायि माधव न्यौपाने र श्याम दंगाल निर्वाचनमा पराजित भएका हुन् । न्यौपाने अध्यक्षमा पराजित जगरनाथ कलवार प्यानलका उम्मेद्धार हुन भने ढंगाल अध्यक्षमा निर्वाचित ओमकृष्ण कार्की प्यानलमा थिए ।
निजगढबाट एउटै साझा उम्मेदबार बनाउन नसक्दा ब्यवसायिले हार ब्यहोर्नु परेको स्थानीय ब्यवसायिले बताएका छन् ।
अध्यक्षमा तेस्रो पटक निर्वाचित कार्कीले थोरै मत अन्र्तरले कलवारलाई पराजित गरेका हुन् । संघको निर्वाचनमा ओम कार्की प्यानलका बर्चस्व देखिएको छ ।  १९ सदस्यि कार्यसमितिमा कार्की प्यानलका  पदाधिकारी सहित १५ जना निर्वाचित भएका छन् ।
प्रमुख निर्वाचन अधिकृत श्रीचन्द्र शर्माका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा विजय शर्मा, उत्तर उपाध्यक्षमा माधव नेपाल, दक्षिण उपाध्यक्षमा सुहेल अख्तर, पूर्वक्षेत्र उपाध्यक्ष प्रकाश महासेठ, महासचिवमा शंकर कुमार विष्ट, सचिवमा जीवन कुमार श्रेष्ठ र देवकुमार श्रेष्ठ, कोषाध्यक्षमा रामप्रसाद अधिकारी, सहकोषाध्यक्षमा हिराबहादुर गुरुङ्ग निर्वाचित भए । 
त्यस्तै सदस्यमा मनोज यादब, तिलक श्रेष्ठ, नेत्र श्रेष्ठ, सन्तोष कार्की, राम कार्की, नकुल कार्की, ओमकेश्वर रौनीयार, सुरेश लामा निर्वाचित भएका छन् ।
संघमा २५ सय यातायात ब्यवसायि आवद्ध छन् । निर्वाचनमा एक हजार ८ सय ९७ कुलमतदाता रहेकोमा एक हजार पाँच सय १५ ब्यवसायि मतदानमा सहभागि भएका थिए । 

Post a Comment

 
Top