0
निजगढको सबैभन्दा ठुलो प्रस्तावित बकैया नागमणी सामुदायिक वन उपभोक्ता समुहमा बैज्ञानिक वन ब्यवस्थापन लागु गर्ने प्रस्ताव पारित ग¥यो । यो संगै निजगढमा आधा दर्जन वन समुह वैज्ञानिक वन ब्यवस्थापन लागु गर्नेमा पर्दैछन् । जसको सुरुवाता लामो समय देखि गर्ने प्रयास भए पनि सफल हुन सकिरहेको थिएन् । अझैं थुप्रै वन समुहहरु यसको लागि कार्ययोजना बनाउन सक्रिय भए पनि सफल भईरहेका छैनन् ।
निजगढ–८ स्थित बकैया सामुदायिक वन उपभोक्ता समुह र नागमणी महिला सामुदायिक वन उपभोक्ता समुह मर्ज भई नाम बकैया नागमणी सामुदायिक वन उपभोक्ता समुह एक भए संगै वैज्ञानिक वन ब्यवस्थापन प्रस्ताव पनि संयुक्त प्रथम साधारण सभाबाट पास भयो ।
दुवै समुहलाई मिलाउँदा करिब पाँच सय हेक्टर वन क्षेत्र हुने भए पछि निजगढकै सबैभन्दा ठुलो बैज्ञानिक वन ब्यवस्थापन भएको समुह बन्ने भएको हो । वन समुहमा करिब सात सय उपभोक्ता हुनेछन् ।
बैज्ञानिक वन ब्यवस्थापन लागु गर्न जिल्ला वन कार्यालयबाट कार्ययोजना बनाउने काम भएको थियो ।  ८० वर्षे गुरुयोजनामा वन क्षेत्रलाई ८ वटा खण्डमा विभाजन गरि प्रत्येक खण्डमा १० वर्ष बैज्ञानिक विधिबाट संरक्षण गर्दै लैजाने कार्ययोजनामा उल्लेख छ ।
दक्षिणमा प्रस्तावित अन्र्तराष्ट्रिय विमानस्थल (पूर्वपश्चिम महेन्द्र राजमार्ग), पूर्वमा खयरघारी प्रावि पश्चिममा प्रस्तावित काठमाण्डौं–निजगढ दु्रत मार्ग र पर्सा वन्य जन्तु आरक्ष त्यस्तै पश्चिममा कछडिया सामुदायिक वन समुह वन सिमाना हो । राष्ट्रिय गौरबका यी आयोजनाका साथै वन्यजन्तु संरक्षण र पर्यटकीय महत्वको आरक्ष विस्तारसंगै जोडिएकाले पनि यसको रणनीतिक महत्व पनि छ ।
राजमार्ग छेउ हुनु र सबैको आँखा पर्नुबाट वनमा लागु भएको वैज्ञानिक वन ब्यवस्थापन नीति सफल भएन भने धेरैमा यसको नकारात्मक सन्देश जान्छ । निकै चुनौतिपूर्ण मानिएको र प्रविधियुक्त वन ब्यवस्थन भएकाले अब वन समुहको नेतृत्व गर्ने अध्यक्ष प्रविधिसंग जोडिएको, बुझेको हुन आवश्यक छ । अहिले साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्नुपर्ने भएकाले नेतृत्व छान्दा यस्ता कुरामा विशेष ख्याल गरिएन भने भोली पछुताउनुको विकल्प हुने छैन् ।

Post a Comment

 
Top