0

  • एस. पी. न्यौपाने

नेपालमा संघीयता भन्ने वित्तिकै उब्जने केहि प्रश्नहरुको विषयमा तर्क गर्ने प्रयास गरेको छु ।
प्रश्न ?
नेपालमा संघीयता किन ? संघीयताले नेपाल र नेपालीलाई के उपलब्धि हुन्छ ? जातीय समावेशी किन ? यसबाट मुलुक र नागरिकले के पाउँछन ? जातीय संघ चाहियो भनेर मधेस आक्रान्त छ के यो सम्भव     छ ? यी यावत प्रश्नहरु लाईन लागेर उभिएका छन् नेपाल संघीय मुलुक भैसकेको छ । तर संविधान लागु हुन प्रयासरत भए पनि लागु हुन नसकेको अवस्था छ । अब यहाँनेर प्रश्न उठ्छ, यदि जनताको माग बेगर संघीय मुलुक बनाएको छ र लादिएको छ । अहिले मधेस आत्मनिर्णय सहित स्वतन्त्र संघ चाहिन्छ भनेर भनिरहेका छन्, के तपाईहरु यो माग पुरा गर्न सक्नु हुन्छ ? माग पुरा गर्नु हुन्न भने आज मधेस उठ्छ, भोली लिम्बुवान उठ्छ, पर्सि मगरात उठ्छ र चौथो दिन तामशालिङ्ग उठ्छ त्यस बखत तपाईले  नेपाल कहाँ देख्नु हुन्छ ? माननीय महोदय, मलाई पनि देखाईदिनुस् !
हाम्रो देश नेपाल प्रकृतिक, तीन  तहमा विभाजित छ । पहिलो विश्वको अग्लो भाग हिमाली भाग, दोस्रो मध्य पहाडी भाग र तेस्रो समथर मधेस । हिमाली भागमा प्रकृतिले हिउ दिन्छ, चौपायामा चौरीहरु पाईन्छ, त्यहाँ खेतीपाति हदैन शेर्पा जातीहरु बसोबास गर्छन चौरी पाल्छन्, त्यसको घिउ विक्री गर्छन त्यसबाट आय आम्दानीले दैनिक गुजारा चलाउछन् ।
पहाडी  भेगमा गाई, भैसी, बाख्रा पालन गर्छन खेतीमा मकै, कोदो, फापर फलाउँछन्, यसबाट अपुग भएको तराईको धान, गहुँ, तोरी, मुसुरो किनेर लाग्छन र दैनिकी चलाउँछन् । उद्योगतर्फ जलविद्युत आयोजना र पानी घट्ट बाहेक केहि छैन् । नेपाल करिब आधा जनसंख्या हिमाली र पहाडी भेगमा बसोबास गर्छन् ।
तराई (मधेस) मा धान, गहुँ, मकै, तोरी, मुसुरो, रहर,चना, केराऊ, जौको प्रशस्त मात्रामा उत्पादन हुन्छ । र त्यही तराईको उत्पादनले हिमाली र पहाडी भेगका जनताको अपुग पुरा गराइएको छ । तराईमा गाई, भैसी, बाख्रा सुगुर, कुखुरा अनेक पशुहरुको पालना हुनुको साथै माछाको उत्पादन समेत भएको छ ।
सामाजिक
हाम्रो समाजमा कुनै जाती विशेषको बसोबास छैन, मिश्रित बसोबास भएको हुनाले आ–आफ्नो धर्म परम्परा अनुसार महज्जीद्, गुम्बा बनेका छन् । एक आपसमा मिलेर सामाजिक रितिरिवाजह मनाउने गर्छन, जाती, धर्म भनेर विगतमा कहिल्यै द्धन्द्ध भएको थिएन् , देश बनाउने नाममा आएको जातीय र संघीय विचारले कहिल्यै अन्त्य नहुने विष रोपिएको छ । हेर्दै जाऔं यो लादिएको संघीयताले कस्तो रुप लिदो रहेछ ? जसले संघीयताको माग गर्छ उसैसंग संघीय संरचनाको रुप छैन्, हचुवामा जन्माईयो, हचुवामै संविधानमा लेखियो, हचुवामै प्रयोग गर्न खोज्दा लागु हुन सकेन । अहिले हारगुहार मागिरहेका छन । हेरौं के हुदो रहेछ !

Post a Comment

 
Top