0
निजगढसमाचार, निजगढ
बाराको निजगढ तेक्वान्दो डोजाङ्गमा ३८ जनाको ग्रेडिङ्ग गरिएको छ ।  तेक्वान्दो खेल क्षेत्रमा विगत २० वर्ष देखि संचालित निजगढ तेक्वान्दो डोजाङ्गले शनिबार विहान ग्रेडिङ्ग गरेको हो ।
स्वाथ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नारा सहित डोजाङ्ग प्रमुख प्रशिक्षक बसन्त लामाले तेक्वान्दो खेलाडीको ग्रेडिङ्ग (परीक्षा) लिएका हुन् ।
निजगढकै उत्कृष्ठ मध्ये एक निजगढ तेक्वान्दो डोजाङ्गले परीक्षार्थीलाई पुङ्गसे, बेसिक, किकिङ्ग र स्पाईरिङ्ग लगायतको आधारमा गरिएको ग्रेडिङ्गमा डोजाङ्गका सहयाक प्रशिक्षक शंकर रखाल र डोमान लामा, ब्याक बेल्ड खेलाडी एनके अविवाहित, बन्दना कुँवर सघाएका थिए । डोजाङ्गमा निजगढ बजार क्षेत्रका ५ वर्षदेखि २५ वर्ष उमेर समुहका ५० जना भन्दा बढी खेलाडीहरु प्रशिक्षण गर्दै आएका छन् ।

Post a Comment

 
Top