0
निजगढसमाचार, निजगढ
बाराको निजगढ नगरपालिका–६ सडकटोलस्थित गौरीशंकर उच्च माध्यमिक विद्यालयका प्राचार्यले  नियम मिचेर विद्यालय ब्यवस्थापन समिति चयन गर्दा भुमिका खेलेको विषयमा प्रकाशित समाचार प्रति ब्यवस्थापन समितिले आपत्ती जनाएको छ ।
ब्यवस्थापन समितिले समिति गठन, शिक्षक नियुक्ति, छात्राबृत्ति वितरण, भौतिक पूर्वाधार निर्माणमा प्राचार्यको संलग्नता नहुने भन्दै प्राचार्य यादव कुमार तिमल्सिनाको बचाउ गरेको हुन् ।
समाचार प्रकाशित भएको विषयमा छलफल गर्न निजगढसमाचार साप्ताहिकको कार्यालयमा आएको ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद सापकोटा नेतृत्वको टोलीले प्राचार्यको बचाउ गर्दै विद्यालयले छोटो समयमा गरेको प्रगति, उन्नती अनुकरणीय र प्रशंसनिय रहेको दाबी गरेको छ  ।
समितिले पत्रिकामा प्रकाशित समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै खेद पत्र बुझाएको छ । ब्यवस्थाप समितिले बुझाएको पत्रलाई पृष्ठ दुईमा प्रकाशित छ ।
समिति बदर हुन्छ ः जिशिअ
यसैविच जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलले नियमावली मिचेर बनाईएको समिति बदर हुने बताएका छन् । 
निजगढसमाचारसंग कुरा गर्दै जिशिअ पोखरेलले कक्षा १२ उर्तिण गरेको अभिभावक हुनु पर्नेमा एसएसली समेत उर्तिण नभएको अभिभावकलाई ब्यवस्थापन समिति अध्यक्ष बनाईएको बारे उजुरी पर्ने वित्तिकै खारेज गरिने बताए ।
वर्ष-०१, अंक–३९, २०७३ बैशाख २१ गते मंगलबार प्रकाशित निजगढसमाचार साप्ताहिकमा प्रार्चायको ‘ईन्ट्रेस्टमा’ विद्यालय ब्यवस्थापन समिति शिर्षकमा समाचार प्रकाशित भए पछि यसले चौतर्फि चर्चा पाएको छ । सामाजिक संजालमा यसको समर्थनमा थुप्रै प्रतिकृया आएको छ । 
स्थानीय राजनीतिक दलका नेताहरुले फोन गरि अभियानलाई निरन्तरता दिन आग्रह गर्दै भयरहित पत्रकारिता गर्न आह्वान गरेका छन् ।  

Post a Comment

 
Top