0

निजगढसमाचार, सिंगौल
बसन्त लामा/बाराको निजगढ नगरपालिकास्थित भरतगञ्ज सिंगौलको सार्वजनिक स्थलमा निर्माण भएका चौतारा संरक्षण विहीन भएको छ । चौतारो संरक्षणमा स्थानीय र सरोकारवालाको ध्यान जान नसक्दा भौतिक संरचना भत्किन थालेको छ । चौतारो अतिक्रमणको समेत शिकार भएको छ ।
चौतारो क्षेत्रका सार्वजनिक जग्गा स्थानीयले अतिक्रमण गरि घर–टहरा बनाउन थालेपछि बटुवालाई चौतारोमा आराम गर्न समस्या भएको छ । भत्किएका चौतारो मर्मत गर्न कसैले पनि चासो नदिएको निजगढ–३ बलटोलका कल्पना लामाको गुनासो छ ।
चौतारो स्थानीय र बटुवाको लागि सितलता प्राप्त गर्ने थलो बन्दै आएको छ । मकवानपुर जिल्लाको धियाँल, रौतहटको भालुखोपका स्थानीय किनमेलन निजगढ आउँदा यहाँका चौतारो यात्रु प्रतिक्षालयको रुपमा प्रयोग गर्दै आएका छन् ।
चौतारोको गाँउ भनेर चिनिएको सिंगौलको केहि वडा भने चर्को गर्मीको मौषममा बटुवालाई घाम छल्ने चौतारो संरक्षण विहीन हुनुमा निजगढ नगरपालिकाले ध्यान नदिएको स्थानीयको आरोप छ । नगरपालिकाले राजनीतिक दबाब दिनेलाई लाखौं बजेट दिने तर केहि बोल्न नसक्नेलाई भने बेवास्ता गर्दै आएको स्थानीयले बताएका छन् ।

Post a Comment

 
Top