0
निजगढसमाचार, निजगढ, ३० बैशाख 
निजगढ नगरपालिका कार्यालयस्थित शहीद हिरालाल पार्कको माथि बनाउन लागिएको भ्यू टावरको ठेक्का महाकाली निर्माण सेवा कम्पनीले हात पारेको छ । भ्यू टावर बनाउन १० वटा कम्पनीले टेन्र्डर फर्म खरिद गरेका थिए । अन्तिममा तीन वटा कम्पनीले मात्र फर्म बुझाएको बुझिएको छ । कति रकममा ठेक्का पारेको हो भन्ने बारे बताउन नमिल्ने निजगढ नगरपालिका कार्यालयका लेखाप्रमुख राजेन्द्र कुमार कार्कीले बताए ।
नगर विकास कोष र निजगढ नगरपालिका कार्यालयले निजगढ भ्यू टावर निर्माण गर्न लागेको हो । ५८ लाख ४३ हजार लागतमा निर्माण गरिन लागेको टावर मध्यतराईकै पहिलो भएको निजगढ नगरापलिकाका सुचना अधिकारी नविन खनालले बताए । शहीद हिरालाल पार्कलाई समेटेर चुरे पर्वको पानी ढलमा निर्माण गरिने टावर ४५ फिट अग्लो हुने छ ।
नगरपालिकाकी आर्किटेक ईन्जीनियर सुजमा खड्गेले भुकम्प प्रतिरोधि तीन तल्ले टावरको डिजाईन गरेकी हुन् । टावरबाट एक पटकमा २० जनाले पालैपालो हेर्न सकिन्छ । टाबरमा दुई वटा टेलिस्कोप जडान गरिने छ । टेलिस्कोपको माध्यबाट निजगढ सहित बारा जिल्लाका विभिन्न गाउँ र सिमावर्ती भारतीय शहर समेत देख्न सकिने बताईएको छ ।

Post a Comment

 
Top