0
निजगढसमाचार, निजगढ
निजगढ नगरपालिका तेस्रो वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा निजगढ नगरपालिका कार्यालयलले विभिन्न कार्यक्रम गरेको छ ।
कार्यालयले मैत्रीपूर्ण फुटवल प्रतियोगिता, उत्कृष्ठ टोल सुधार समिति सम्मान, जेष्ठ नागरिक सम्मान, शहीद पत्नी सम्मान कार्यक्रम गरेको छ ।
त्यस्तै फोहोर मैला ब्यवस्थापन सम्बन्धि अन्र्तकृया कार्यक्रम गरिएको छ । कार्यक्रमा हेटौडा उपमहानगरपालिका कार्यालयका  फाहोरमैला ब्यवस्थापन शाखाका विके महर्जनले प्रशिक्षण दिएका थिए । 
यसैविच शनिबार साताब्यापी स्थापना दिनवस कार्यक्रम समापन गरिएको छ ।
बाराका स्थानीय विकास अधिकारी नारायण प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिको सहभागितामा कार्यक्रमा भएको हो ।
निजगढ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत विमल कुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सुचना अधिकारी नविन खनालले गरेका थिए । 
कार्यक्रममा मैत्रीपूर्ण फुटवलको विजेता टोलीलाई ट्रफि र खेलाडीहरुलाई मेडल प्रदान गरिएको थियो ।
कार्यक्रममा बाराका स्थानीय विकास अधिकारी नारायण प्रसाद पाण्डेले नगरको विकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
त्यस्तै निजगढ नगरविकास समितिका अध्यक्ष सुरेश खनाल, जिल्ला महिला समन्वय समिति बाराकी उपाध्यक्ष सावित्रीदेवी भारतीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका निजगढ नगर सभापति महेसी कुमर, नेकपा एमालेका निजगढ संयोजक दिल बहादुर थिङ्ग, एनेकपा माओवादी निजगढ नगर अध्यक्ष बेनी बहादुर मोक्तान, राप्रपा नेपालका निजगढ नगर अध्यक्ष  बासुदेव तिमल्सिना, नेकपा (क्रान्तिकारी माओवादी) का निजगढ नगर संयोजक रबिराज दंगाल, राष्ट्रिय मधेस समाजवादी पार्टीका निजगढ नगर अध्यक्ष मोजहर मन्सुर, नेपाल रेडक्रस सोसाईटीका सचिव बद्रि चिमरिया, निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष तिर्थप्रसाद गौतम, गौरीशंकर उमावि निजगढ–८ का प्राचार्य सुर्दशन प्रसाद कोईराला लगायतको उपस्थिति रहेको थियो ।

Post a Comment

 
Top