0
निजगढसमाचार, निजगढ, ४ पुष ।
बारा उद्योग वाणिज्य संघ निजगढ शाखाले निजगढ–काठमाण्डौं दु्रतमार्र्ग (फास्ट ट्रयाक) मा पैदल यात्रामा सहभागीलाई सम्मान गरेको छ । बारामा प्रस्तावित  र दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल र फास्ट ट्रयाक निर्माण कार्यमा भईरहेका ढिलासुस्तीको विषयमा सरकार र राजनीतिक दलहरुको ध्यानाकर्ष गराउने उद्देश्यले ६१ जनाले मंसिर १७ देखि २० गतेसम्म पैदल यात्रा गरेका थिए ।
संघले निजगढको शहीद चोकमा आज एक विशेष कार्यक्रम आयोजना गरेर पैदल यात्रीको सम्मान गरेको हो । पैदल यात्रीको हौसला बढाउन र आगामी आन्दोलनका कार्यक्रममा उर्जा थप्न पैदल यात्रीलाई सम्मान गरिएको संघका अध्यक्ष टेक बहादुर लामाले बताउनु भयो ।
सम्मान कार्यक्रममा संघर्ष समितिका संयोजक रबिराज दंगाल, काठमाण्डौं समन्वय समितिका संयोजक ऋषी बडाल, महिला नेतृ सावित्रि भारती लगायतले सम्बोधन गर्नुभएको थियो । पैदल यात्रीलाई संघका अध्यक्ष लामा, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामा, अन्र्तपार्टी महिला संजालकी अध्यक्ष डोल्मा लामा, युथ अफ निजगढका अध्यक्ष खड्गराज मैनाली, कोषाध्यक्ष गंगा श्रेष्ठ लगायतले फुलमाला सहित सम्मान पत्रले सम्मान गरेका थिए । सम्मान कार्यक्रमको संचालन संघका सदस्य उमेश सुनारले गरेका थिए ।
फास्ट ट्रयाक र एयरपोर्ट निर्माण संघर्ष समितिले सार्वजनिक आन्दोलनका कार्यक्रममा एक्यवद्धता जनाएको संघले निजगढबाट पैदल यात्रीको विदाई कार्यक्रमको ब्यवस्थापन समेत गरेको थियो ।
यसैविच संघर्ष समितिले आज नै यात्राको समिक्षा बैठक आयोजना गरेको छ । उद्योग वाणिज्य संघको शभा हलमा विहान भएको बैठकले आन्दोलनका सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी कार्यक्रमलाई तिब्र तयारीका साथ अघि बढाउन समेत निर्णय भएको संघर्ष समितिका संयोजक रबिराज दंगालले जानकारी दिनुभयो ।

Post a Comment

 
Top