0
निजगढसमाचार, निजगढ
बारा उद्योग वाणिज्य संघ निजगढ शाखाले निजगढ–काठमाण्डौं दु्रतमार्र्ग (फास्ट ट्रयाक) मा पैदल यात्रामा सहभागीलाई सम्मान गर्ने भएको छ ।
बारामा प्रस्तावित  र दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल र फास्ट ट्रयाक निर्माण कार्यमा भईरहेका ढिलासुस्तीको विषयमा सरकार र राजनीतिक दलहरुको ध्यानाकर्ष गराउने उद्देश्यले ६१ जनाले मंसिर १७ देखि २० गतेसम्म पैदल यात्रा गरेका थिए ।
संघले निजगढको शहीद चोकमा आज दिउँसो साँढे १२ बजे एक विशेष कार्यक्रम आयोजना गरेर पैदल यात्रीको सम्मान गर्न लागेको संघका अध्यक्ष टेक बहादुर लामाले जानकारी दिए ।
फास्ट ट्रयाक र एयरपोर्ट निर्माण संघर्ष समितिले सार्वजनिक आन्दोलनका कार्यक्रममा एक्यवद्धता जनाएको संघले निजगढबाट पैदल यात्रीको विदाई कार्यक्रमको ब्यवस्थापन समेत गरेको थियो ।
यसैविच संघर्ष समितिले आज नै यात्राको समिक्षा बैठक आयोजना गरेको छ । उद्योग वाणिज्य संघको शभा हलमा विहान १० बजे बैठक राखिएको संघर्ष समितिका संयोजक रबिराज दंगालले जानकारी दिए ।

Post a Comment

 
Top