0

  • रबिराज दंगाल 

धेरै अघिबाट बकैया खोलाबाट विद्युत निकाल्ने प्रयास भईरहेको चर्चा सुनिदै आएको थियो । मलाई यसमा चासो लागेपछि यसबारे नजिकबाट बुझ्ने अवसर भने जुटिरहेको थिएन् । 
सामुदायिक वन समुहले विद्युत निकाल्न लाखौं खर्च गरिसकेको भनिए पनि कति क्षमताको र कहिलेसम्म विद्युत निकाल्ने भन्ने बारे म अनविज्ञ थिएँ । 
यसैविचमा हाम्रो छिमेकी जिल्ला रौतटहका माओवादी सांसद सत्यनारायण भगत दाई उर्जा राज्य मन्त्री भएपछि भने बकैया खोलाको बिषयबारे बुझ्ने बाटो भेट्टाएको महसुस भयो ।
सत्यानाराय दाई राज्यमन्त्री भएको केहि महिनाको विचमा २ नंं प्रदेशका विभिन्न जलासयहरुको अध्ययन गर्ने योजना बनाएर आउनु भएको थाहाँ पाएँ । मन्त्रालयको प्राविधिक टोलीसहित उहाँ जलविद्युतको सम्भाब्यता अध्ययानको लागि आउनु भएको रहेछ ।
उहाँ मन्त्री भएसंगै हामीले काठमाण्डौंमा भेटघाट गरेर बधाई दिदँै निजगढको बकैयाखोलाको विद्युत निकाल्ने विषयमा ध्यान दिन आग्रह ग¥यौं । उहाँ रौतटहको विभिन्न खोलाको अध्ययन सकेर काठमाण्डौं फर्किने क्रममा निजगढको बकैयाखोला हेर्न गईयो । टोलीमा आएपछि मैले उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर लामा दाई, बाघ भैरब सामुदायिक वन समुहका अध्यक्ष सुदर्शन लामिछाने लगायतलाई खबर गरेका थिएँ । उहाँहरु पनि मोहोरी पुग्नु भयो । मन्त्रालयको प्राविधिक टोलीले प्रारम्भिक अध्ययानकै क्रममा विद्युतको राम्रो सम्भवाना रहेको कुरा सुनाएपछि वन समुहका अध्यक्ष सुदर्शन दाईले ९.९८ किलोवाट विद्युत निकाल्ने गरि दर्ता प्रकृयामा रहेको जानकारी गराउनु भयो । 
तर टोली फर्किएको केहि दिन पछि मन्त्रीज्यूसंग कुरा हुदाँ हालको चालू हालतमा ३ मेगावाट सम्म र रिजर्भमा ४० देखि ५० मेघावाट जलविद्युत उत्पादन संभावना रहेछ जानकारी गराउनु भयो । मलाई अन्त्यन्तै खुसी लाग्यो । साथै विगत ७ बर्ष देखि क्षमता कम गरि ९.९८ किलोवाट उत्पादन हुने भनेर किन ढाँटियो भन्ने प्रश्न पनि मनमा उब्जियो ।
वन समुहले खर्चमा प्रकृया अगाडी बढाईएको आयोजना व्यक्तिको नाममा दर्ता गरेको समेत जानकारी पाएँ ।
यो विषयमा थप चासो दिदैँ मैले सामाजिक सञ्जाल मार्फत सबैलाई जानकारी गराएँ । मैले पुर्वाग्रह रहित ढंगले समग्र बारा र निजगढको विकासमा जलविद्युतको विषयमा राखेको विचारमाथि विभिन्न प्रतिकृया आएको छ । समग्रमा सबैलाई यसलाई महत्वका साथ अगाडी बढन् र हामी साथ दिन तयार छौं पनि भन्नु भएको छ ।
बकैयाबाट तीन मेगावाट जलविद्युत उत्पादन हुँदा निजगढ लगायत बारा जिल्लाको औद्योगिक क्षेत्रबाहेक र ५० मेगावाट उत्पादन भए २ नम्बर प्रदेश लोडसेडिङ मुक्त बन्न सक्छ । तर हामी कहाँ हरेक कुरालाई राजनीतिकरण गर्ने गलत प्रबृतिका कारण यस्ता कुरा ओझेलमा पर्दै आएका छन् ।
त्यसैले अब कुनै पनि आग्रवा वा पूर्वाग्रह नराखि नकारात्मक हल्लाहरुलाई बन्द गरेर ‘बकैया खोलाको पानी बाराबासीको लगानी’ भन्ने नारालाई साकार बनाउन तर्फ लाग्न म सबैलाई आह्वान गर्दछु ।

Post a Comment

 
Top