0
निजगढसमाचार, डुमरवाना, ६ पुस ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मधेसका महिसा ठान्नेहरु मधेशवादी दलहरुले संबिधान नैं नपढी मधेशमा व्यापक भ्रम छरेको आरोप लगाएका छन् ।
बाराको डुमरबानामा बुधवार आयोजीत कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले भ्रमको राजनीती बिना मधेस बाटै आफ्नों पार्टी सकिने डरले मधेशवादी दलले मधेशका सोझा साझा जनतालाई झुक्याएकोले त्यसलाई चिर्न एमाले गाउँ पस्न थालेको बताएका हुँन् ।
मधेशमा एमाले बिरुद्ध भ्रम छर्न सकेमात्रै राजनीती सफल हुँने दिवा स्वप्न बोकेका मधेस बादी दल आँफैले चुनाव नचाहनुको कारण आफ्नों दल सखाप हुँने त्रासले अल्झाएको बताउँदै पोखरेलले काँग्रेस माओवादीहरु समेत मनको बाघले त्रसेको हुँदा निर्वाचन हुँन बातावरण बनाउँन नखोजेको समेत आरोप लगाए ।
नेता पोखरेलले संबिधान जारी हुँने बेला देखी आज सम्म भारतको दबाव रहेको बताउँदै संबिधान जारी गर्ने बेला अडान लिएकै कारण संबिधान जारी भए पछि नेपालीलाई भारतले दुख ः दिएको सबै स्बाभिमानी नेपालीले बुझेकोले र काँग्रेस माओबादीका केही नेताले एमाले सरकार नभएको भए मुलुकमा खतरामा पर्ने थियो भन्ने गरेको खुलासा गरे ।
कार्यक्रममा एमाले केन्द्रिय सदस्य दिनेश राई २ नम्बर प्रदेश ईन्चार्ज नागेन्द्र चौधरी सांसदहरु पुरुषेत्तम पौडेल, बलबिर चौधरी, नेता अच्युत मैनाली लगाएतले मन्तब्य राखेका थिए । भने कार्यक्रम एमाले जिल्ला अध्यक्ष सुन्दर बिश्बकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top