0
निजगढसमाचार, सिमरा, ४ पुष ।
डुमरवानाका क्यान्सर पीडित १८ बर्षिय युनेश पौडेलको उपचारका लागि विभिन्न संस्था र ब्यक्तिले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । 
    प्रेस चौतारी नेपाल बाराको संयोजनमा सोमबार डुमरवानामा आयोजित कार्यक्रमका बिच युनेशको परिवारलाई एक लाख ५३ हजार दुई सय ३५ रुपैया हस्तान्तरण गरिएको हो । 
   प्रेस चौतारी नेपाल बाराले सुरु गरेको युनेश बचाउ अभियानमा सहभागी भई काठमाण्डौको पुडासैनी मैत्री समाजले कार्यक्रममा युनेशकी आमा गोमालाई एक लाख सात हजार सात सयको चेक हस्तान्तरण गरेको छ । समाजका केन्द्रीय अध्यक्ष उत्तम पुडासैनीले युनेशको जिवन रक्षाका लागि पत्रकारहरुको संगठन प्रेस चौतारीले सञ्चालन गरेको पवित्र कार्यमा आफूहरु सहभागी हुदै उपचारका लागि सहयोग गरेको बताए । 
   कार्यक्रममा डुमरवानास्थित साना किसान कृषी सहकारी संस्थाले २१ हजार एक सय ८५, औराह घर भई हाल कतारमा रहेका चिन्तामणी सुवेदीले १० हजार एक सय, जनता उच्च माध्यमिक बिद्यालयले सात हजार ५०, पर्सा निर्मलबस्ती घर भई हाल ईराकमा रहेका सञ्जु कार्कीले पाच हजार, सालिग्राम पुडासैनीले सात सय, धिरज पुडासैनीले पाच सय, छविलाल पुडासैनीले पाच सय र कृष्ण पुडासैनीले पाच सय नगद युनेशकी आमा गोमालाई हस्तान्तरण गरे । 
   कार्यक्रममा डा. कृष्ण पौडेलले सञ्चारकर्मीको जिवन रक्षाका लागि सञ्चालन गरेको अभियान सफल हुदै गएको बताए । आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहेको युनेशको परिवारलाई प्रेस चौतारीको अभियानबाट ठुलो सहयोग पुगेको भन्दै पौडेलले समाजका हरेक क्षेत्रले यस्तो अभियानलाई अघि बढाउनुपर्ने बताए । 
    कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाश लम्सालले सञ्चारकर्मीले कलम चलाउने मात्र नभई सामाजिक अभियानमा आफुलाई उभ्याउन सक्छ भन्ने उदाहरण प्रेस चौतारी बाराको अभियानले देखाएको बताए । यस्तै प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारीले राज्यको उदाशिनता कारण युनेश जस्ता थुप्रै उदाहरण समाजमा रहेको भन्दै हरेक क्षेत्रले यस्तो अभियानलाई अघि बढाउनुपर्ने बताए । आर्थिक अभावले अस्पतालको शैयामा मृत्युसंग संघर्ष गरिरहेका युनेश बचाउ अभियान सहभागी हुदै सहयोग गर्ने सबैप्रति अध्यक्ष भण्डारीले आभार ब्यक्त गरेका छन् । 
   कार्यक्रममा युनेश बचाउ अभियानका अभियन्ता बिदुर खड्काले प्रेस चौतारी नेपाल बाराको अभियानपछि युनेशको उपचारका लागि सात लाख ५० हजार भन्दा बढी रकम संकलन भएको जानकारी दिए । प्रेस चौतारी नेपाल बाराले एक महिनाअघि आफै सहयोग संकलन अभियान सञ्चालन गरी युनेशको परिवारलाई एक लाख २१ हजार नगद हस्तान्तरण गरेको थियो । 
    सहयोग रकम हस्तान्तरण कार्यक्रममा साना किसान कृषी सहकारी संघका अध्यक्ष शिवप्रसाद अधिकारी, पुडासैनी समाजका अनिल पुडासैनीलगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्रेस चौतारीका सदस्य कृष्ण सिग्देलले गरेका थिए । 

Post a Comment

 
Top