0
निजगढसमाचार, रौतहट, पुस ६ ।
मधेश पुर्वाधार विकास बिषय बारे आज युवाहरु बिच रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको कार्यालयमा युनाईटेड मधेशी अफ नेपालको आयोजनामा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
मधेशका मुख्य शहरलाई वाइपास गर्दै बनाउन लागिएको पूर्व पश्चिम रेलमार्ग मधेशमा मधेशीलाई नै अवसरबाट बञ्चित गर्न राजा महेन्द्रको पाला पछिको सब भन्दा ठूलो षडयन्त्र भएको आरोप लगाएका छन् ।
पूर्व पश्चिम रेलमार्गको प्रस्तावित रुट महेन्द्रकालिन सोचबाट प्रेरित भएको टिप्पणी गरेका छन् । मधेशी जनतासंग रेल मार्गले प्रत्यक्ष रुपमा विराटनगर, इनरुवा, राजविराज, सिरहा, जनकपुर, जलेश्वर, मंलगवा, गौर, कलैया, बिरगंज र पश्चिम मधेशका मुख्य शहर बजारहरु नजोड्ने हो भने आयोजनाको औचित्य नभएको उनीहरुको भनाई छ ।
    उनीहरुले महेन्द्र राजमार्ग भन्दा पहिला निमार्ण भएका हुलाकी राजमार्गको अवस्था पुरै जिर्ण भएको भन्दै त्यसमा ध्यान केन्द्रित गर्न आग्रह समेत गरे ।
   यस बारे मधेशी युवाहरु चुप लागेर बस्दा मधेशका लागि खतरा हुने संकेत उत्पन्न भएको भन्दै मधेशका अग्रज नेताहरुको ध्यानाकर्षण नभएको अहिलेको वर्तमान देशको मधेश मुद्दा संविधान संशोधनले लगायत अन्य मुद्दा पछाडी लागेकै बेला शासक वर्गहरुले रेलमार्ग निर्माण गर्न लागेका उनीहरुको आरोप छ ।
सबै मधेशी पार्टीका प्रमुख व्यक्तित्वहरु ध्यान दिन अत्यन्त जरुरी दिनु पर्ने आवश्यकता रहेको युनाईटेड मधेशी अफ नेपालका संयोजक संजय यादवले बताएका छन् । 
   कार्यक्रममा सहभागी सुर्या किरण यादब, श्यामविहारी यादव, कमलेश यादव, अरबिन्द यादव, प्रकाश भाई, ओमप्रकाश साह, सत्रुधा सिंह, संजिप गुप्ता, सत्येन्द्र सिंह लगायतले आफ्नो धारणा राखेको कार्यक्रमको सहजीकरण रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाका अध्यक्ष अभिमनु कुमार पटेलल गरेका थिए ।

Post a Comment

 
Top